काठमाडौं । राष्ट्रिय सभाको बैठक शुक्रबार (भोलि) बस्दै छ । भोलि दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको संघीय संसद्का महासचिव डा। भरतराज गौतमले जानकारी दिनुभयो।


