न्याभले दियो सल्लाहकार समितिलाई पूर्णताः को को समेटिए ?

मेलवर्न । नेपाली संघ अष्ट्रेलिया (न्याभ)ले सल्लाहकार समितिलाई पूर्णता दिएको छ । केही दिन अघि बसेको न्याभको बैठकले सल्लाहकार समितिलाई पूर्णता दिइएको न्याभ अध्यक्ष प्रेम राज उप्रेतीले जानकारी दिए ।

यसरी सल्लाहकारहरुमा माधुरी मास्के, चेत राज ढकाल, राजन मास्के, रोशन दाहाल, प्रकाश आचार्य, गणेश पौडेल, बासु देव मरहट्टा, शुनिल मैनाली, लाल प्रसाद कंडेल, राजेश आचार्य, सुरेन्द्र सेढाईँ, अरुन कुमार श्रेष्ठ मनोनित भएका छन् । त्यसैगरी निरन्जन गौली, सुनिल भण्डारी, नरेश रावाल पनि समितिमा मनिोनित भएका छन् ।

एनआरएनए भिक्टोरियाका अध्यक्ष हरि खड्का, अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष गान्धी भट्टराई, दिदी बहिनी समाजबाट रोश्नी श्रेष्ठ र मधेसी समुदाय भिक्टोरियाका अध्यक्ष डा. सुरेन्द्रै रौनियालाई पनि समितिमा मनोनित गरिएको उप्रेतीले जनाए ।

१९९७ सालमा स्थापना भएको न्याभ यही जनवरी १० मा २६ औं बर्षमा प्रवेश गरेको छ भने यतिवेला १८ औं न्याभ क्रिकेट कप चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय