न्याभको आयोजनामा राज्यस्तरीय नृत्य प्रतियोगिता सम्पन्नः कृष्टिनाले जितिन् प्रथम पुरस्कार

मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)ले अष्ट्रेलिया डे को अवसर पारी आयोजना गरेको अन्तरराज्यस्तरीय एकल लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

जनवरी २६ गते अष्ट्रेलिया दिवसको अवसरमा सम्पन्न भएको नृत्य प्रतियोगितामा भिक्टोरिया राज्यको तर्फबाट सहभागि कृष्टिना अनु प्रथम भएकी छन् । त्यस्तै साउथ अष्ट्रेलियाबाट सहभागि आशिका राई प्रथम रनर अप र नर्दन टेरीटोरीबाट सहभागि अन्सुना महर्जन दोस्रो रनर अप भएकी छन् ।

प्रतियोगितामा प्रथम हुँदै अनुले १ हजार डलर, द्वितीय हुँदै राईले ७५० तथा तृतिय हुँदै महर्जनले ५०० डलर पुरस्कार सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

भिक्टोरिया, साउथ अष्ट्रेलिया, वेस्टर्न अष्ट्रेलिया, तास्मानिया, क्विन्सल्याण्ड, नर्दन टेरिटोरीबाट सहभागि प्रतियोगिहरुको प्रतिस्पधालाई शायद श्रेष्ठ, प्रकृति श्रेष्ठ, नवराज कलौनीको निर्णायक समितिले मूल्यांकन गरेको थियो । त्यस्तै विशेष निर्णायकको रुपमा नेपालबाट माइकल चन्दले अनलाईन मार्किँग गरेका थिए ।

नेपाली समाज वेस्टर्न अष्ट्रेलिया, एडिलेड समाज, नेपाली समाज नर्दन टेरीटोरी, नेपाली समाज क्विन्सल्याण्ड, नेपाली संघ तास्माििनयाले न्याभले सहकार्य गर्दे प्रतियोगीहरु पठाएका थिए ।

एस्टोनिया हाउस, ब्रन्सविकमा विहिबार साँझ भएको कार्यक्रममा ब्रोडमिडोजबाट निर्वाचित प्रदेश सांसद क्याथलिन मिथ्यो वर्डको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अष्ट्रेलियामा नेपाली कल्चरको विस्तारमा यसप्रकारका कार्यक्रमले सहयोग पुग्ने भन्दै अष्ट्रेलियाको बहुसांस्कृतिक प्रवर्धनमा नेपाली समुदायको भूमिका रहेको बताइन् । उनले क्ही समयदेखि उपचारको क्रममा अस्पताल भर्ना भएका न्याभका अध्यक्ष प्रेम राज उप्रेतीको स्वास्थ्य लाभको पनि कामना गरिन् ।

जब ट्रेनिङ्ग अष्ट्रेलियाका मुख्य प्रायोजन तथा अष्ट्रेलिया वाइड ट्रेनिङ्ग इन्सिटट्युटको सहप्रयोजनमा सम्पन्न भएको उक्त कार्यक्रममा न्याभका कोषाध्यक्ष तथा अष्ट्रेलिया डे सेलिव्रेशन समितिका संयोजक डा. यकेन्द्र तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उक्त अवसरमा जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष विनित शर्मा, न्याभका पूर्व अध्यक्ष डा. राजु अधिकारी लगायत विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतियोगि छनौटमा हरेक राज्यमा रहेका नेपाली संघहरुले न्याभसँग सहकार्य गरेकोमा सबैलाई धन्यवाद दिदै कार्यक्रम संयोजक उज्जवल अधिकारीले चूनौतिपूर्ण अवस्थामा पनि कार्यक्रम सफल भएको बताए ।

औपचारिक कार्यक्रमको सन्चालन तथा व्यावस्थापन सहसचिब आलोक पौडेलले गरेका थिए भने प्रतियोगिताको सञ्चालन लक्ष्मण सन्ज्याल र रेशा सापकोटाले गरेका थिए ।

कार्यक्रमको प्राविधिक सहजीकरण उपाध्यक्ष ललिशा थापाले गरिन् । कार्यक्रममा रन्जन वैद्य र केशव शर्माले सल्लाहकारको भूमिका निभाएका थिए ।

प्रतियोगिताले नेपाली कला, भाषा, संस्कृति, परम्पराको संरक्षण विस्तार गर्न सहयोग गर्ने मात्र नभएर नेपाल तथा अष्ट्रेलियामा रहेका नेपालीहरुलाई गोलवद्ध गर्ने अवसर पनि सावित भएको आयोजकको विश्वास छ ।

हेर्नुहोस् थप तस्वीरहरु

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय