रोचक बन्दै न्याभ कपः यस्तो छ तेस्रो हप्ताको खेलको परिणाम

मेलवर्न । १५ जनवरीबाट शुरू भएको १८ औं न्याभ कपको तेस्रो हप्ताका खेलहरु आइतवार मैत्रीपूर्ण रुपमा सम्पन्न भएका छन् ।

नेपाली संघ भिक्टोरिया (न्याभ)को आयोजनामा प्रेस्टनस्थित टि डब्लू पार्कमा सगरमाथा एक्सपर्ट र नरे किंग्सवीच भएको खेलमा ८ विकेटले नरे किंग्सले सगरमाथालाई हराएको छ । सगरमाथाले १९.३ ओभरमा सबै विकेट गुमाउँदा १२२ रन बनाउन सफल भयो । भने नरे किंग्सले ८.२ आभेरमा जम्मा दुई विकेट मात्रै गुमाएर १२८ रन बनाउन सफल भयो ।

जसमा सन्दीप अधिकारीले २२ बलमा ४५ रन ल्याउँदै म्यान अफ द म्याच बन्न सफल भएका छन् ।

यता फारवेस्ट हन्टर्स र रोयल राइनोजवीच भएको खेलमा ५१ रनको फराकिलो अन्तरले फारवेस्टले जित दर्ज गरेको छ । फारवेस्टले पहिले ब्याटिँग गर्दै दिएको १५५ रनको लक्ष्यलाई रोयल राइनोजले भेटाउन सकेन । रोयल राइनोज १०३ रनमै सीमित भयो ।

उक्त खेलमा दिपेश विष्टले ३४ बलमा ४५ रन ल्याउँदै प्लेयर अफ द म्याच बन्न सफल भएका छन् ।

यसैगरी द हिमालयन क्लब र ब्राइटनवीच भएको खेलमा द हिमालयनले जित दर्ता गरेको छन् । २८ रनले जितेको हिमालयनले दिएको १७१ रनको लक्ष्य ब्राइटनले भेटाउन सकेन । बीस ओभरमा ८ विकेट गुमाएको ब्राइटनले १४२ रन मात्र बनाउन सफल रह्यो । उक्त खेलमा सन्दीक कुमार यादवले ४४ बलमा ७० रन बनाउँदै म्यान अफ द म्याच बन्न सफल भएका छन् ।

यस्तै माभेन र गुल्मी टाइगर्सवीच भएको खेलमा गुल्मी टाइगर्सलाई माभेनले फराकिलो अन्तरको साथ हराएको छ । माभेनले दिएको १८७ रनको लक्ष्यलाई पछ्याएको गुल्मी टाइगर्सले १४.२ ओभरमा ८२ रन मात्र बनाएर अलआउट भयो । उक्त खेलमा माभेनको तर्फबाट खेलेका सन्जोग दाहालले ३७ बलमा ७९ रन बनाउँदै म्यान अफ द म्याच बन्न सफल भएका छन् ।

माभेनले हालसम्म भएका तीन खेलमा लगातार जित दर्ता गर्न सफल टिम पनि बन्न सफल भएको छ ।

सबै म्यान अफ द म्याच खेलाडीहरुलाई मुख्य प्रायोजक म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनको तर्फबाट २५० डलर बराबरको उपहार भौचर प्राप्त गरेका छन् भने न्याभले हरेक उत्कृष्ट खेलाडीलाई २० डलर नगद पुरस्कार दिएको छ ।

अर्काे खेलहरु आगामी ५ फेब्रुअरीमा हुने भएका छन् ।

म्याक्सीम्याक्सको मुख्य प्रायोजन रहेको उक्त न्याभ कपलाई ब्राइटन कलेजले सहप्रयोजन गरेको छ । गेम १९ मार्चमा समापन हुनेछ भने नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का सहभागि हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय