१८ औं न्याभ कपः माभेन सेमिफाइनलमा पुग्यो, ग्रुप ‘ए’ मा नारे किंग्स शीर्षस्थानमा

मेलवर्न । नेपाली संघ भिक्टोरियाको आयोजना जनवरी १५ बाट चलिरहेको १८ औं न्याभ कपअन्तर्गत भइरहेको खेलमा ग्रुप बी मा रहेको माभेन क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको ४ खेलमा ४ जित निकालेको उक्त क्लबको ८ अंकसहित सेमिफाइनलमा प्रवेश भएको छ ।

त्यस्तै फारवेस्ट हन्टर्स ग्रुप बीको दोस्रो स्थानमा रहेको छ । दुई गेम जितेको फारवेस्टको अंक ४ रहेको छ । रोयल राइनोजले तीन खेल खेल्दा एकमा जित तथा दुई खेलमा हार व्यहोरेको छ भने २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

चौथो स्थानमा रहेको ग्रेस गोर्खालीले ३ खेलमा एक खेलमा जित तथा दुई खेलमा हार व्यहोर्दै २ अंकका साथ चौथो स्थानमा छ । दुवै खेलमा हार व्यहोरेका सगरमाथा एक्सपर्ट र गुल्मी टाइगर्स क्रमशः अन्तिम स्थानमा रहेका छन् ।

त्यस्तै ग्रुप ए अन्तर्गत नारे किंग्स तीन खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । कुल ६ अंक बटुलेको नारे किंग्सलाई द हिमालयन क्लबले पछ्याएको छ । जसले दुई खेलमा जित तथा एक खेलमा हार व्यहोरेको छ भने ४ अंक बटुल्न सफल भएको छ । सगरमाथा एक्सपर्ट ब्लुजले एक खेलमा जित तथा एक खेलमा हार व्यहोरेको छ । ब्राइटन एभरेष्टले एक खेल जित्दा दुई खेल हारेको छ । त्यस्तै काठमाडौं क्यापिटल्सले एक खेलमा जित, एक खेलमा हार व्यहोरेको छ । त्यस्तै तीनै खेलमा पराजित भएको एभरेष्ट लायन क्लब अन्तिम स्थानमा रहेको छ ।

खेलका बाँकी चरणका प्रतियोगिताहरु यही १२ गते आइतवार हुँनेछन् ।

न्याभको आयोजना तथा म्याक्सीम्याक्स एजुकेशन माइग्रेसनको मुख्य प्रायोजन, ब्राइटन कलेजको सह प्रायोजनमा न्याभ कप चलिरहेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय