अष्ट्रेलिया आउँदै चर्चित सेफ सन्तोष शाह, २० प्रकारका परिकार चखाउने

सिड्नी । बेलायतमा रहेर नेपाली मूलको खानाका परिकार बनाएर चर्चित हुन सफल सेफ सन्तोष शाह अष्ट्र्रेलिया आउने भएका छन् ।

सिड्नीमा अष्ट्रेलियन प्याशिफिक इन्टरनेशनल कलेज (एपीआईसी) को आयोजना र प्याशिफिक हस्पिटालिटी एण्ड कुलीनरी एकेडेमी मैतीदेवीको संयोजनमा आयोजना हुन लागेको नेपाली फुड फेस्टिभलमा सहभागि हुन सेफ शाह आउने भएका हुन् ।

नेपाली खानाको विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागेको अष्ट्रेलियन प्याशिफिक इन्टरनेशनल कलेजका निर्देशक गणेश केसीले जानकारी दिए । उनले महोत्सवले अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको प्रचार प्रसारमा सहयोग पुग्ने पनि विश्वास व्यक्त गरे ।

महोत्सवमा चर्चित मास्टर सेफ सन्तोष शाहको मेनुमा नेपाली खानाका परिकारहरू खुवाइनेछ । पत्रकार सम्मेलनमा मास्टर सेफ साहले नेपालीहरूले विदेशमा गएर पनि नेपाली परिकार खान पाउनुपर्ने मान्यताका साथ यो महोत्सव गरेको बताए ।

महोत्सवमा पाँच दिनमा दुई सय पचास जनालाई नेपाली खाना खुवाउने पनि सेफ शाहले जानकारी दिए । २० प्रकारका परिकार रहने खानाको प्रतिव्यक्ति अष्ट्रेलियन डलर १८० देखि २०० तोकिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय