गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ७ वामी काफ्लटोलामा जन्मिएका विवेक काफ्लेले ड्रमर अर्थात नेपाली भाषामा ‘ढोलक’को छुट्टै पहिचान बनाएका छन् ।
पछिल्लो केही बर्षदेखि नियमित रुपमा कलाकारिता क्षेत्रमा सक्रिय भएका उनी सन् २०२० देखि नेपाल आइडलमार्फत चर्चामा आएका कलाकार केभिन ग्लान तामाङसँग उनको ब्याण्डमा काम गर्दै आइरहेका छन् । केभिनको ब्याण्डका मुख्य ड्रमरको रुपमा कलाकारितामा सक्रिय हुँदै आएका उनले नेपाली जुनसुकै गीत संगीतमा पनि सहजै ड्रम चलाउन सक्छन् ।
उनले बजाएको ड्रममा गीत गाउन सहज हुने स्वयं केभिनले बताउने गरेका छन् ।
उनी अभिनयमा पनि देखिने गरेका छन् । हालै उनले गाँउ हाम्रो वामी नामक गीतमा अभिनय समेत गरेका छन् । मिडियामा समेत काम गर्दै आइरहेका उनी यतिबेला गुल्मीको सामुदायिक रेडियो पुष्पाञ्जलीमा पत्रकार समेत हुन् । त्यतिमात्र नभएर उनी उक्त रेडियोको कार्यवाहक अध्यक्षको रुपमा पनि आवद्ध छन् ।
सँगीत सँगै उनी होटल व्यावसायमा पनि संलग्न छन् । गुल्मीको वामीमा उनको आफ्नै मधुस क्याफे क्लक रहेको छ ।
हेरौं उनका केही तस्वीरहरु