सिड्नी । अध्ययनको निम्ती अष्ट्रेलिया आएका एक नेपाली विद्यार्थी रुपेश डोङ विगत आठ महिना देखि विरामी भएर सिड्नीमा उपचाररत रहेका छन् ।
सेन्ट जर्ज अस्पतालमा क्षयरोग (टीबी) को विमार देखिएसँगै २२ बर्षीय रुपेश आठ महिनादेखि अस्पतालमा रहेका एनआरएनए न्यू साउथ वेल्सका संयोजक देव गुरुङले जानकारी दिए ।
उनको उपचारको निम्ती आर्थिक समस्या भएको कारण यतिबेला गोफन्ड मार्फत अर्थ संकलन शुरू गरिएको छ । गुरुङ सहित एनआरएनएको पहलमा उनलाई उपचारको निम्ती आर्थिक अभियान चलाइएको हो ।
रुपेशको मेडिकल इन्स्योरेन्स नभएको र लामो समयदेखि काममा नरहेकोले उनी आर्थिक संकटमा परेका हुन् ।
रुपेशकी आमा कृष्णमाया डोङ पनि आफ्नो एकमात्र छोरा रुपेशको हेरचाह गर्न भर्खरै नेपालबाट आएकी छन् ।
फोक्सोमा टीभी भएर ५० प्रतिशत काम गर्न छाडेपछि अष्ट्रेलियाको सिड्नीस्थित एसटी जर्ज अस्पतालमा उपचार गरिएको थियो ।