तस्वीर स्रोतः विकिपेडिया
मेलवर्न । काठमाडौं देखि अष्ट्रेलियामा सिधा उडान गर्नको निम्ती प्राविधिक पहल चाँडै शुरू हुने भएको छ ।
अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले शुनिवार साँझ सामाजिक सञ्जाल मार्फत एक सन्देश लेख्दै काठमाडौं देखि सिड्नी तथा सिड्नी देखि काठमाडौं सम्मको सिधा उडान भर्नको निम्ती नेपाल एयरलाइन्सले प्राविधिक प्रक्रिया शुरू गर्न लागिएको जानकारी दिएको हो ।
फेसबुकमा दूतावासले भनेको छ, – ‘नेपाली राजदूताबासले हिजो अस्ट्रेलिया सरकारलाई Nepal Airlines ले काठमाण्डू- सिडनी- काठमाण्डू उड़ान तय गर्ने भनेर संझौता बमोजिम एयरलाइन्स designate गरेको छ । अब नेपाल एयरलाइन्स ले अस्ट्रेलियाका निकायहरु संग प्राबिधिक प्रक्रिया शुरू गर्नेछ ।’
नेपाल वायुसेवा निगमले अष्ट्रेलिया, लण्डन तथा युरोपमा उडान गर्ने भन्दै पाँच वर्षअगाडि एयरबस ३३० जहाज खरिद गरेको थियो। जहाज खरिद गरेको पाँच वर्षपछि बल्ल अष्ट्रेलिया उडानको प्रस्ताव गरेको हो।
नेपाल वायुसेवा निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काठमाडौं सिंगापुर अष्ट्रेलिया उडान गर्ने गरी प्रस्ताव पेस गरेको छ ।
निगमसँग भएको एयरबस ३३० जहाजले सिधा अष्ट्रेलियाको सिड्नी उड्न नसक्ने भएकाले सिंगापुरमा तेल भरेर सिधा उडान गर्ने प्रस्ताव पेस गरेको हो। गत वर्ष नै नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान गर्न सक्ने समझदारी गरिएको थियो ।