न्याभ च्यारिटी म्याचको उपाधी एनआरएनलाई

मेलबर्न । नेपाली संघ भिक्टोरियाको आयोजनामा चलिरहेको १८ औ न्याभ कप अन्तर्गत भएको च्यारिटी म्याच एनआरएनएको टिमले जित दर्ता गरेको छ ।

आइतबार प्रेस्टनस्थित टि डब्लु पार्कमा भएको खेलमा सोसाइटी लिडर्सको टिमलाई जितेको हो ।

न्याभले आफूद्वारा सञ्चालित बालचौतारी स्कुललाई सहयोग गर्नको निम्ति च्यारिटी म्याच खेलिएको थियो ।

आइतबार नै न्याभ कपको फाइनल हुंदैछ । जसमा नारे किङ्स र फारवेस्ट हन्टर्सले प्रतिस्पर्धा गरिरहेको छन् । नारे किङ्सले फारवेस्टलाई १२८ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय