मेलबर्न । नेपाली संघ भिक्टोरियाको आयोजनामा सन्चालित १८ औ न्याभ कपको उपाधी फारवेस्ट हन्टर्सले तीन विकेटले जितेको छ।
आइतबार प्रेस्टनस्थित टि डब्लु पार्कमा भएको खेलमा नारे किङ्सले दिएको १२८ रनको लक्ष्य पछ्याएको फारवेस्ट हन्टर्सले ७ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भयो ।
प्रथम हुँदै फारवेस्ट हन्टर्सले तीन हजार डलर नगद पुरस्कार, ट्रफी मेडल पुरस्कार प्राप्त गर्ने छ भने उपबिजेता टोलीले एक हजार डलर राशी र मेडल पुरस्कार पाउनेछ ।
म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनको मुख्य प्रायोजन तथा ब्राइटन कलेजको सह प्रायोजनमा जनवरी १५ बाट सुरु भएको न्याभ कपमा १२ समूह सहभागी भएका थिए।
नारे किङ्सले यसअघि २०१९ मा न्याभ कप जितेको थियो भने फारवेस्ट हन्टर्सले पहिलो पटक न्याभ कपको फाइनल खेलसम्मको यात्रा तय गर्दै जित दर्ता गर्यो ।
न्याभ कपको अवसरमा नेपाली क्रीकेट टोलीका पुर्व कप्तान पारस खड्का सहभागी भएका छन् ।
न्याभ कपको सद्भावना दूत समेत रहेका उनी आइतबार साँझ आयोजित अवार्ड समारोह तथा गाला डिनरमा पनि सहभागी हुनेछन।
उक्त अवसरमा उनलाई अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको छ ।