काठमाडौं। कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। प्रवक्ता शर्माले नामकरण सम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्तागरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताइन्। यसअघि कोशी प्रदेश सरकारले पनि लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

आन्दोलनकारीले उक्त रकम अस्वीकार गरेका थिए। लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने उनीहरूको माग थियो। विराटनगरमा कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै गत चैत ५ गते भएको जनप्रदर्शनमा प्रहरीको लाठी लागेर लिम्बू घाइते भएका थिए। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर