वामी विश्व सम्पर्क मञ्च अष्ट्रेलियाद्वारा क्यान्सरपीडित खत्रीको निम्ती आर्थिक सहयोग

मेलवर्न । वामी विश्व सम्पर्क मञ्च अष्ट्रेलिया शाखाले गुल्मीको मुसिकोट ८ घर भई हाल क्यान्सर रोगसँग लडिरहेकी नन्दकली खत्रीको उपचारको निम्ती आर्थिक सहयोग गरेको छ ।

मुनपा ८ सितल पोखरी मित्र बहादुर खत्रीकी ५५ वर्षिया श्रीमती नन्दकली खत्री हाल क्यान्सर रोगसँग लडिरहेकी छन् । उनको उपचारको निम्ती मञ्चको अष्ट्रेलिया शाखाको तर्फबाट ५३ हजार ६ सय ५१ रुपैया आर्थिक संकलन गरि नेपाल पठाइएको मन्चका सल्लाहकार जनकराज गौतमले जानकारी दिए ।

खत्रीको निम्ती जनकराज गौतम, टंक कंडेल, राम प्रसाद सापकोटा, लाल सिँह खत्री, नर बहादुर खत्री, सीता अर्याल, गोविन्द रायमाझीले ५० डलरको दरले सहयोग गरेका छन् ।

त्यस्तै दीपक सापकोटाले ५५, पिताम्बर सापकोटा, मुक्तिराम सापकोटा, कौशिला पंगेनी, गीता पंगेनी, पुर्ण सापकोटा, टीका बहादुर खत्री, टीका कंडेल, कृष्ण बहादुर सापकोटा, राजु अर्याल र जमुना थापाले २० डलरको दरमा सहयोग गरेका छन् । त्यस्तै भूमा सापकोटा (विजुली)को तर्फबाट ३० डलर गरी कुल ६२० डलर अर्थ संकलन भएको थियो ।

खत्री क्यान्सरको चौथो चरणमा रहेर चितवन स्थित क्यानसर अस्पतालमा उपचाररत छन् । परिवारको आर्थिक अवस्था निकै दयनीय रहेको कारण उपचारमा आर्थिक अभाव भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय