नेप्लिज नेबरहुड कम्युनिटीको अध्यक्षमा कृष्ण महरा, अरु क कसले पाए जिम्मेवारी ?

मेलवर्न । मेलबर्नको थमस्टाउन, लेलोर तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संस्था नेप्लिज नेबरहुड कम्युनिटीको अध्यक्षमा कृष्ण महरा चयन भएका छन् ।

संस्थाले हालै आफ्नो बार्षिक साधारण सम्पन्न गर्दै महराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा विश्व खनाल, सचिवमा निर्दोष गिरी, सहसचिवमा सुनिल अनु, कोषाध्यक्षमा होमनाथ रिजालले जिम्मेवारी पाएका छन् । त्यस्तै सदस्यहरुम सुस्मिता ढकाल, जमुना रिजाल अधिकारी, गोबिन्द कंडेल, धुर्ब मल्ल, अनुज श्रेष्ठ, प्रतिमा खड्का, अरुण गैरे, सन्तोष पाण्डे , धर्मराज भट्टराई, रोहित बस्नेत, शिखा ढकाल तथा शर्मिला श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै भेलाले सल्लाहकार समिति समेत चयन गरेको छ । उक्त समितिमा आत्मा रिजाल, अमृता गुरुङ, पिताम्बर कोइराला, प्रकाश चालिसे, सुरेन्द्र सेढाईँ, सुधीर शाक्य, लोकराज पौडेल र भोला गिरी चयन भएका छन् ।

प्रकाश रेग्मीद्वारा सञ्चालित कार्यक्रममा नेपाली संघ भिक्टोरिया (न्याभ)का अध्यक्ष प्रेमराज उप्रेती, पूर्वअध्यक्ष तारा गैरे, नेबरहुड कम्युनिटीका पूर्वअध्यक्ष अमृता गुरुङ, उपाध्यक्ष प्रकाश चालिसे तथा सल्लाहकार पिताम्बर कोइरालाले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा कोषाध्यक्ष होमनाथ रिजालले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने उक्त आर्थिक प्रतिवेदनलाई भेलाले पास गरेको छ ।

निर्वाचन सम्पन्न गर्न भोला गिरी, सुरेन्द्र सेढाइँ, सुधीर शाक्य, तथा लोकराज पौडेल रहेको निर्वाचन समिति गठन गरिएको थियो तर सम्पूर्ण कार्यसमितिका सदस्यहरु निर्विरोध चयन भएका हुन् ।

संस्थाले यस क्षेत्रमा रहेका नेपालीहरुवीच एकता कायम गर्दै, सामाजिक सद्भाव कायम गर्ने लक्ष्यका साथ अघि बढेको भन्दै नवनिर्वाचित अध्यक्ष महराले आगामी दिनमा संस्थाको लक्ष्यप्राप्तिमा सिँगो समिति मिलेर अघि बढ्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय