मलवर्नमा भएको गाडी दुर्घटनामा परी नेपाली दम्पतीको निधन

मेलवर्न । मेलवर्नको दक्षिण कोलफिल्डमा भएको सवारी दुर्घटनामा परी एक नेपाली दम्पतीको निधन भएको छ ।

सोमबार राति एज्डकेयरमा काम गरेर फर्कदै गरेका उनीहरु चढेको गाडीलाई विपरीत दिशाबाट आएको एक अनियन्त्रित बिएमडब्लु गाडीले ठक्कर दिदा दुर्घटना भएको हो ।

नेपालको बुटवल घर भएका ३३ वर्षीय युवक र करिब २४ वर्षीय अधिकारी थरका दम्पत्तिको दुर्घटनामा परि निधन भएको हो । उक्त घटनाको विषयमा अधिकारीको परिवारलाई जानकारी गराउने तयारी भइरहेको एनआरएनए भिक्टोरियाले जनाएको छ । अबको दुई दिनसम्म शव प्राप्त गर्न सकिने र त्यसपछि अन्य निर्णयहरु गर्न सकिने एनआरएनए भिक्टोरिया अध्यक्ष हरि खड्काले जानकारी दिए ।

परिवारलाई जानकारी नगराइएको कारण मृतकको व्यक्तिगत विवरण सार्वजनिक नगरिएको जनाइएको छ । विपरित दिशाबाट आएको गाडीको गति १ सय ४० किलोमिटर प्रतिघण्टाको रहेको बताइन्छ ।

घटनामा परी नेपाली दम्पत्तिको तत्कालै ज्यान गएको थियो भने कार ४० मिटर परसम्म घिस्रिएको देखिन्छ । दुर्घटना गराउने कारमा सवार चालक र अर्को एक व्यक्तिको उपचार भइरहेको छ ।

तस्वीरः ९ न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय