न्याभले तेस्रो बहुसांस्कृतिक सकर प्रतियोगिता गर्दै, १२ टोलीवीच प्रतिस्पर्धा

मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)ले आइतवार एक पत्रकार सम्मेलन गर्दै न्याभ बहुसांस्कृतिक सकर प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्न लागेको जानकारी गराएको छ ।

यही १७ जुन गतेको दिन कुलारुमा हुने उक्त प्रतियोगिताको निम्ती तयारीको कार्यक्रमहरु अघि बढाइएको न्याभले जानकारी दिएको हो । ब्राइटन कलेजको मुख्य प्रायोजन तथा एक्सपर्ट एकजुकेशन एन्ड भिजाको सहप्रायोजनमा आयोजित हुने उक्त प्रतियोगितामा नेपाली समुदायका ६ र अन्य समुदायका ६ वटा गरी १२ टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक दीप चन्दले जानकारी दिए ।

पत्रकार सम्मेलनमा फेसबुक लाइभको बीचमा ड्र मार्फत टोलीहरूलाई चार समूहमा विभाजन गरिएको थियो। समूह ए मा अन्नपूर्ण एफसी, क्रेगीबर्न सिटी एफसी, हिमालयन एफसी रहेका छन् । समूह बी मा रोयल वेस्टर्न एफसी, ब्रोडमेडो एफसी (ग्रीक) इस्टर्न वारियर्स एफसी, समूह सी मा ब्रोडमेडोज स्टार्स एफसी, कालिका एफसी र क्रेगीबर्न एफसी र समूह डी मा फुटस्क्रे रेन्जर्स, थन्डर ड्र्यागन एफसी र संयुक्त राष्ट्र संघ एफसी छा् । चन्दले बिजेता र उपविजेताले व्यक्तिगत विधामा ट्रफी, मेडल र केही नगद पुरस्कार प्राप्त गर्ने समेत बताए । त्यस्तै उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडीहरुले पनि पुरस्कारसहित सम्मान पाउने छन् ।

पत्रकार भेटघाटमा न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले खेलकुदको माध्यमबाट शान्ति एकता र सद्भाव प्रवद्र्धनमा बहुसांस्कृतिक सकरको महत्व रहेको बताउँदै विगतका दुई संस्करणको सफलताले यस प्रतियोगिताको लोकप्रियता बढेको दाबी गरे । रोयल वेस्टर्न क्लबका उपाध्यक्ष रोशन दाहालले यस प्रतियोगिताको निरन्तरताका लागि न्याभलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ब्राइटन कलेजलेका मेलवर्न क्याम्पस प्रमुख अमरराज आचार्यले यस प्रतियोगितालाई शीर्षक प्रायोजकको रूपमा समर्थन गर्न पाउँदा गर्व महसुस गरे । कलेजले यस्ता महत्त्वपूर्ण कार्यक्रमहरूलाई बढावा दिन प्रतिबद्ध रहेको उनले बताए । एक्सपर्ट एजुकेशन एन्ड भिसा सेवाका सरोज शर्माले सामुदायिक कार्यक्रमहरूलाई प्रवद्र्धन गर्न आफ्नो समर्थन जारी राख्ने वाचा गरे ।

कार्यक्रमको सञ्चालक न्याभ सचिव माधव खरेलले गरेका थिए । त्यस्तै कार्यकारी सदस्यहरु शसेन्द्र केसी र आलोक पौडेलले सहजीकरण गरेका थिए । सम्मेलनमा एनआरएनए भिक्टोरिया उपसंयोजक नारायण कटुवाल, न्याभ कोषाध्यक्ष याकिन्द्र तिमिल्सेना, आरडब्लुसी उपाध्यक्ष निर्मला शर्मा, बसन्त पोखरेल, तेज कार्कीलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको गोल्ड स्पोन्सरहरुमा लेन्डभाइजर्स, क्यापकोन, इन्द्रेणी ग्लेनरोय सुपरमार्केट तथा इन्द्रेनी मिट शप सनशाइन रहेका छन् । काठमाडौं कटेज हस्पिटालिटी पार्टनर रहेको उक्त प्रतियोगितामा ट्राभल पार्टनर बुद्ध ट्राभल, फेसिलिटी पार्टन ब्राडमिडोज स्टार्स सकर क्लब रहेका छन् । सपोर्ट स्पोन्सरमा एडब्लुटी आई, सुत्र कन्सल्ट ग्रुप, पुरोहित नारायण ज्ञावली तथा एनआरएनएले संस्थागत सहयोग गरेका छन् ।

मिडिया पार्टनरको रुपमा मेलवर्न चौतारी, कनेक्ट नेपाली लगायतले साथ दिने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय