एनएनसिआईको आयोजनामा रक्तदान कार्यक्रमः दुईदिनमा २२ पिन्ट रगत संकलन

मेलवर्न । मेलबर्नको थमस्टाउन, लेलोर तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संस्था नेप्लिज नेबरहुड कम्युनिटी (एनएनसिआई)का सदस्यहरुले ब्लड डोनेशन गरेका छन् ।

आफू पनि बाँचौं र समाजका अन्य मानिसहरुलाई पनि बचाऔं भन्ने मूल मन्त्रको साथ संस्थाका अध्यक्ष कृष्ण महराको अध्यक्षता तथा सचिव निर्दाेष गिरीको सहजीकरणमा बन्डुरा स्थ्ति रेडक्रसको ब्लड डोनेशन सेन्टरमा रगत र प्लाज्मा दान गरिएको हो ।

एनएनसिआईका कार्यसमिति सदस्यहरुले मानिसहरुलाई जीवनदान दिने उद्धेश्यका साथ रगतदान गरेका हुन् ।

संस्थाका कुल २२ जना सदस्यहरुले उक्त रगत संकलन केन्द्रमा पुगी रगत दान गरेको अध्यक्ष महराले जानकारी दिए । उनका अनुसार १८ जनाले रगत दान गरेका छन् भने ४ जनाले प्लाज्मा दान गरे ।

शनिवार र आइतवार गरी दुई दिनसम्म भएको ब्लड डोनेशन कार्यक्रममा उपस्थित हुन नसक्ने पदाधिकारीहरुलाई यो हप्ताभरीमा डोनेट गर्न सकिने व्यवस्था मिलाएको सचिव गिरीले जानकारी दिए ।

एनएनसीआई स्थापना भएपछि दोस्रो पटक गरिएको ब्लड डोनेशन कार्यक्रमको सहजीकरण संस्थाका सचिव निर्दाेष गिरीले गरेका थिए । यस अघि २०२१ मा सम्पन्न भएको रक्तदान कार्यक्रमको सहजीकरण समितिका उपाध्यक्ष प्रकाश चालिसेले गरेका थिए ।

संस्थाले रगतकै कारण मानिसले जीवन गुमाउन नपरोस भन्ने ध्येयका साथ उक्त कार्यक्रम गरेको भन्दै आगामी दिनमा पनि यसप्रकारका समाजमा सकारात्मकता थप्ने गर्दै जाने जनाएको छ ।

यसैगरी यस अघि ह्विटल्सी कम्युनिटी कनेक्सनले आयोजना गरेको महिला हिंसा विरुद्धको सेमिनारमा संस्थाका सदस्य प्रतिमा खड्काले प्रतिनिधित्व गर्दै महिला हिंसालाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा विशेष सहभागिता जनाइएको थियो । त्यस्तै डेराविन इन्टरफेश कम्युनिटी र भिक्टोरिया पुलिसको आयोजनामा गरिएको रिफ्यजी विकमा जमुना रिजाल र अमृता गुरुँगले एनएनसीआईलाई प्रतिनिधित्व गर्दै सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय