सिड्नीमा रक्तदान गर्न जुटे नेपालीहरु

सिड्नी । अस्ट्रेलियाको सिड्नी ब्लड सेन्टरमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको छ । नेप्लिज ब्लड डोनर्स एसोशियन (एनबिडिए) अष्ट्रेलियाले विश्व रक्तदाता दिवस २०२३ को अवसर पारेर “नियमित रूपमा रगत तथा प्लाज्मा दान गरौ जिवन बचाउने कार्यमा हातेमालो गरौ“ भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

लाइफ ब्लड सेन्टर, टाउनहलमा सिड्नीमा सम्पन्न रक्तदान कार्यक्रममा ३ जनाले प्लाज्मा दान गरेका छन् भने ७ जनाले होल ब्लड रगत दान गरेका छन् । रक्तदान कार्यक्रममा भुपाल सिटौला, प्रकाश लामिछाने र सरोज पाठकले प्लाज्मा दान गरेका थिए भने मुक्तिराम पोखरेल, सिमा थापा, बाबुराम पोखरेल, दिनेश पोखरेल, चन्द्र प्रसाद ढकाल, उमेश पोखरेल, र प्रदिप खनालले रक्तदान गरेका थिए ।

एसोसियनका महासचिव प्रकाश लामिछानेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष मुक्तिराम पोखरेलले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा सञ्जालका कार्यसमिती सदस्य, पदाधिकारी एवम् विभिन्न क्षेत्रका नेपाली समुदायको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय