सिड्नी। स्थित नेपाली समुदायको तत्वावधानमा योग अस्ट्रेलिया समूह द्वारा सिड्नीको पारामाटा पार्कमा सूर्य नमस्कारका १२ आसनहरु १०८ पटक गरेर नवौं अन्तर्राष्ट्रिय योग दिवश मनाइएको छ। योगी वयस्क र बालबालिका सहभागी यस समारोहमा नेपाली समुदायका निवर्तमान अध्यक्ष डा. बद्रि प्रसाद भट्टराईले श्रीगणेश मन्त्रोचारण सहितको मन्तव्य मार्फत दर्शक तथा सहभागीलाई स्वागत गरेका थिए ।
योग अस्ट्रेलियाकी संयोजक डा. शोभा नेपालीले शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यमा योगको महत्व बारे प्रकाश पारिन् । सूर्य नमस्कारको चर्चा गर्दा डा. नेपालीले वैज्ञानिक र अनुसन्धानात्मक तथ्यहरु प्रस्तुत गरेर भौतिक र आध्यात्मिक पक्ष बीचको सामन्जस्यता प्रस्ट पार्दै दैनिक सूर्य नमस्कार गर्न आह्वान गरिन् । वरिष्ठद्वय श्रीमती बसुन्धरा ढुंगेल र श्रीमती पुष्पा दाहालले बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए भने संस्थापक श्रीमती सुलोचना पोखरेलले पवित्र पांच मन्त्रोच्चारण संगै कार्यक्रम शुरु गरिएको थियो ।
यस अवसरलाई चुनौतीमा परिणत गर्न सिड्नी देखि ५६५ कि मी टाढा ग्रिफ्फिथबाट योगकी हस्ती श्रीमती जानुका चौधरी समेत आएकी थिइन् । नेपाली समुदायका नवनिर्वाचित अध्यक्ष श्री शंकर श्रेष्ठले उपस्थित र सूर्य नमस्कार प्रतियोगितामा सहभागी धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गरे। यस उपलक्ष्यमा मीठा मीठा र स्वास्थ्यवार्धक खाद्य र पेय आफु आफुले ल्याएर पस्किएको थियो र भरपूर मनोरंजन गरिएको थियो।सबैभन्दा महत्वपूर्ण कुरा एकार्कामा असीम प्रेम र सद्भाव बर्षिएको थियो।