तक्दीर अधिकारी
सिड्नी । गैर आवासीय नेपाली सघं एनआरएनए अष्ट्रेलियाले आयोजना गरेको च्यारिटी नाईट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपालका ७ वटा प्रदेशमा ७ वटा विद्यालय बनाउने उद्धेश्य राखेर १७ जुन २०२३ ईन्द्रेणी फंक्सन सेन्टरमा सम्पन्न च्यारिटी नाईट कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै जुम्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले एकपटकको नेपाली सधैको नेपाली भन्ने मुल नारालाई साकार पार्ने बताए । उनले देश बनाउन पार्टी भन्दा पनि विचार फेर्नुपर्ने भन्दै गैरआवासीय नेपालीहरुलाई पनि नेपालमा लगानीको वातावरण बनाउन र लगानीको सुनिश्चित गर्नुपर्ने बताए । उनले पछिल्लो समय नेपालमा भ्रष्टाचारका एकपछि अर्को काण्ड बाहिरिएको भन्दै यसले नेताहरु कति भ्रष्ट छन् भन्ने प्रष्ट पारेको र जसले नागरिकको वितृष्ण बनेको बताए । शाहीले आफु अस्ट्रेलिया आएको विषयलाई लिएर विरोध गरिएको भन्दै सामान्य नागरिकको हैसियतले आफु अस्ट्रेलियाको नेपाली समुदाय र यहाँको अवस्थाको बारेमा बुझ्नका लागि आएको बताए ।
कार्यक्रममा न्यू साउथ वेल्स राज्यका अवैतानिक महावाणिज्यदूत दिपक खड्काले आफुले लामो समयदेखि नेपालको शिक्षा क्षेत्रमा कार्य गर्न खोजेको तर नेपालको नीति स्पष्ट नहुँदा समस्या भएको भन्दै त्यसका लागि पहल गर्न सांसद शाहीलाई आग्रह गरेका थिए । कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले महिलाहरुलाई शिक्षा दिनु आवश्यक रहेको र महिला शिक्षा भयो भने परिवार समाज र राष्ट्र नै शिक्षित हुने बताईन् । उनले पढाईलाई उमेरले नछेक्ने भन्दै दृढ आत्मविश्वासका साथ अगाडी बढ्नुपर्ने धारणा व्यक्त गरेकी थिईन् । कार्यक्रममा बोल्दै एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले यतिबेलाको अवस्थाको बारेमा दृष्टिगत गरी देशमा भएका बेतिथि र भ्रष्ट्रचार विरुद्ध सशक्त आवाज उठाउँदै आएका माननीय सांसद ज्ञानेन्द्र शाहीको सकारात्मक पक्षले अस्ट्रेलिया तथा विश्वभर रहेका नेपालीहरुलाई सकारात्मक सन्देश दिनुका साथै बेतिथिका विरुद्ध आवाज उठाउन प्रेरणा दिनेछ भन्ने आशाले शाहीको उपस्थितिमा कार्यक्रम गरिएको बताए । उनले जुनसुकै अवस्थामा पनि अध्ययन र शिक्षा क्षेत्रलाई अगाडी बढाउन सकिन्छ भन्ने प्ररेणा बनेकी करिश्मा मानन्धरलाई छनौट गरी निमन्त्रणा गरिएको बताए ।
त्यस्तै एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले एनआरएनएको शिक्षामूलक कार्यक्रम पहिले देखि आयोजना गरिँदै आएको भन्दै यस्ता कार्यक्रम अझै धेरै आयोजना गर्नुपर्ने बताए । उनले आफ्नो अनुभवलाई अस्ट्रेलियाभर काम गर्ने चाहाना राखेको भन्दै एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । कार्यक्रममा बोल्दै फेन्का महासचिव डा. मधु पुडासैनीले एनआरएनएले गरेको काम अत्यन्तै उपलब्धीमूलक रहेको बताए । उनले सामाजिक क्षेत्रका कार्यहरुमा फेन्का पनि एनआरएनएसगं सहकार्य गरेर अगाडी बढ्न तत्पर रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा एनआरएनए केन्द्रिय उपाध्यक्ष धर्मराज अधिकारी, रिजनल सयोंजक केशब सापकोटा, प्रवासी एकता मञ्चअन्तराष्ट्रिय सचिव रमेश पाण्डे, लगायतले मन्तब्य राखेका थिए। कार्यक्रममा एनआरएनए अष्ट्रेलिया संस्थापक मन के.सी, पूर्व अध्यक्षहरु, हिमानी ट्रष्ट अस्ट्रेलिया अध्यक्ष अञ्जना कार्की, कला साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत केसी, सिओ अफ आईटी ग्रुपका विराज बडेल, न्यू साउथ वेल्स राज्य परिषद सहसयोंजक सुकृति भट्ट, ट्रेजरर भावना श्रेष्ठ, सदस्य सबला बस्नेत, नारी निकुञ्जका सयोंजक डा.समिता गुरुङ , एन्जा सल्लाहकार डा. राजु मानन्धर, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम पश्चात सुरु भएको सांगीतिक कार्यक्रममा गायिका एवम् सर्जक डा. तिर्सला गुरुङ, कलाकार एवम् नेपाल आईडल सिजन ४ का टप ८ प्रतिष्प्रधी अदेश पौड्याल र नेपाल आईडलकी टप ८ फाईनलिष्ट सन्ध्या जोशीले आफ्नो प्रस्तुती दिँदै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
औपचारिक कार्यक्रम एनआरएनए अस्ट्रेलिया सचिव सन्ध्या शाह र मदन कोईरालाले सञ्चालन गरेका थिए भने औपचारिक कार्यक्रम पश्चात सुरु भएको सांस्कृतिक कार्यक्रम अनुपमा पोखरेल र मदन कोईरालाले सञ्चालन गरेका थिए। सांस्कृतिक कार्यक्रममा विभिन्न नेपाली संस्कृति झल्किने सागींतिक प्रस्तुतीहरु राखिएको थियो । उक्त च्यारिटी कार्यक्रम मार्फत संकलन भएको पैसा उद्धेश्य बमोजिम खर्च गरिने एनआरएनएले जनाएको छ ।