एनआरएनए अष्ट्रेलियाले थप्यो सदस्यता आवेदनको समयसीमा

मेलवर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले सदस्य बन्न चाहनेहरुको लागि म्याद थप गरेको छ । यसअघि निर्णय गरिएअनुसार २५ जुन आइतवारसम्म सदस्यता आह्वान गरिएकोमा थप ४ दिन म्याद थप गरिएको हो ।

आइतवार एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले एक मिडिया सन्देश जारी गर्दै सदस्य बन्न चाहनेहरुको लागि थप ४ दिनको समय थपिएको जानकारी गराएका हुन् ।

अब एनआरएनएको सदस्य बन्न चाहनेहरुले आगामी २९ जुन मध्यराती ११ः५९ सम्म आवेदन दिन सक्ने भएका छन् ।

साथै एनआरएनएले स्मार्ट एनआरएनए मोबाइल एपमा केही समस्या देखिएको र उक्त समस्या समाधान गर्ने काम भइरहेको समेत जनाएको छ ।

हेरौं एनआरएनएको मिडिया रिलिजः

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय