यस्ता छन् एनआरएनए चेक रिपल्बिकको अध्यक्ष पदका उम्मेद्वार रायमाझीका एजेन्डाहरु

चेक रिपब्लिक।

गैरआवासीय नेपाली संघ चेक रिपब्लिकको आगामी कार्यकालको लागि बैकुण्ठ रायमाझीले उम्मेद्वारी घोषणा गरेका छन् ।

‘गैर राजनितिक र समाबेशी समाज निर्माणमा मेरो प्रयास’ भन्ने मूल मन्त्रको साथ विगत १५ बर्षले चेक गणतन्त्रमा बस्दै आइरहेका रायमाझीले अब एनआरएनएमार्फत नेपालीहरुको सेवा गर्ने घोषणा गरेका हुन् ।

उम्मेद्वारी घोषणा गर्दै उनले भनेका छन्, ‘करिब १५ बर्षको मेरो चेक बसाई र सुरु देखीनै सामाजिक सेवाका सबै प्लाटफर्महरु नेपाली चौतारी, इनास, एनआरएनए लगायत सबै फोरमहरुको अनुभवसँगै नेपाली समाजको हितमा रहेको मेरो सक्रियतालाई अझै बुलन्द रुपमा अघी बढाउने बिचार गरेको छु । एनआरएनएको पूर्वकार्यसमिति सदस्य हुँदै उपाध्यक्षसम्मको मेरो अनुभब र कार्यकुशलताको निरन्तरता सहित सातौँ राष्ट्रिय अधिवेशन जुलाई ९ र निर्वाचन १६ जुलाईबाट आउने गैर आवासीय नेपाली संघ चेक गणतन्त्रको नयाँ कार्यसमिती २०२३ – २०२५ को लागि अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारीको घोषणा गर्दछु ।’

लामो समयदेखि नेपाल र नेपालीहरुको हकहितको निम्ती विभिन्न समाजिक काममा संलग्न हुँदै आएका रायमाझीले सस्थागत रुपान्तरण, समाबेशी नेतृत्व, र आर्थिक पारदर्शिता भन्ने उद्धेश्य राखेका छन् । उनले दलिय स्वार्थ र दलाल प्रबृत्ति रहित एनआरएनए आजको आवश्यकता रहेको बताएका छन् ।

उम्म्ेद्वारी घोषणा गर्दै उनले आफ्ना एजेन्डाहरु पनि सार्वजनिक गरेका छन् ।

यस्ता छन् रायमाझीका एजेन्डाहरु :

1. Consular नियुक्ति / consular office खोल्न पहल गर्ने (e-passport लगायतका सुबिधा चेकबाट प्रदान गर्न मिल्ने गरी) ।
2. चेक सरकार र चेकमा रहेका नेपालसँग सरोकार राख्ने (नेपाली तथा बिदेशी) संस्थाहरुसंगको समन्वय गर्ने ।
3. चेक गणतन्त्रमा रहदा चाहिने सम्पूर्ण कानुनी बिषय (PR, immigration, working, study, maternity, medical insurance, tax आदी) बिषयमा अन्तर्कृया कार्यक्रम गर्ने र त्यस सम्बन्धी आवश्यक सामग्रीलाई नेपाली भाषामा पनि प्रकाशन गर्ने ।
4. उद्दमीहरु र company श्रमिकहरुको समस्या समाधानको लागि बिशेष समिती बनाउने । सबै श्रेणीका नेपालीलाई चेक श्रमबजारमा काम गर्न पाउने अवस्था बनाउन दुताबास र नेपाल सरकारसँग समन्वय गर्ने ।
5. सस्थागत पारदर्शिता (audit/right to information) र सस्थागत रुपान्तरण (free membership, online voting) लाई मुख्य मार्गदर्शन बनाएर अगाडी बढ्ने ।
6. सामुहिक लगानीका बिशेष कार्यक्रम ल्याउने र नेपाल सरकारसँग सम्झौता भएको सामाजिक सुरक्षा (pension, medical allowance, आदी) का कार्यक्रम सफल पार्न पहल गर्ने ।
7. कला, संस्क्रीती तथा खेलकुदको माध्यमबाट युवा, महिला तथा बालबालिकालाई सकृय रुपमा सहभागी बनाउन बिशेष कार्यक्रम गर्ने र संस्थाका अभिभावकहरु/ सहयोगीहरुलाई सम्मान सँगै सामाजिक एकता र भात्रित्व बिकास गर्ने ।
8. कानुनी तथा परामर्श का कार्यक्रमलाई सस्थागत गर्ने र ठगीधन्दा गर्नेलाई निरुत्साहित गर्दै कानुनी दायरामा ल्याउने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय