मेलवर्न । अष्ट्रेलिया वाइड ट्रेनिङ्ग इन्स्टिट्युट (एडब्लुटीआई)ले आफ्नो शाखा क्यानबेरामा पनि विस्तार गरेको छ ।
एडब्लुटीआईका मेलवर्न शाखा प्रमुख दीपक अधिकारीले अब एडब्लुटीआईले क्यानबेराबाट विद्यार्थीहरुलाई एज्डकेयर र डिसाब्लिटी कोर्स गराउने तथा उचित प्लेसमेन्टको व्यवस्था मिलाउने जानकारी गराए ।
एडब्लुटीआईले अनलाइनबाट घरमै बसी आफ्नो समयानुकूल अध्ययन गर्न सकिने गरी एज्डकेयर र डिसाब्लिटी कोर्सहरु गराउँदै आएको छ ।
अधिकारीले अब क्यानबेराको शाखाबाट त्यहाँ रहेका विद्यार्थीहरुलाई पनि यसै गरी सहज रुपमा अध्ययन गरी उचित प्लेसमेन्टको साथमा कोर्स पूरा गर्न सक्ने व्यवस्था रहेको बताए । आफूहरुबाट कोर्स गर्नेहरुलाई अभ्यासको निम्ती गरिने प्लेसमेन्टको कुनै समस्या रहेको भन्दै एडब्लुटीआईले आफूहरुले पढाउने कोर्स पूर्ण रुपमा शिक्षा विभागबाट अनुमति प्राप्त रहेको जनाएको छ ।
त्यस्तै प्राथमिक उपचार, सिपिआर, म्यानुअल ह्यान्डलिङ्ग जस्ता तालिमहरुपनि सिकाइने छ । कोर्सको शुल्क पनि निकै सस्तो रहेको जनाइएको छ ।