एनआरएनए अष्ट्रेलिया राम्रो सुरुवात: एउटै कार्डमार्फत तीन जना भन्दा बढीको सदस्यता शुल्क तिर्न नपाइने

मेलवर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आसन्न निर्वाचनलक्षित गरी खुलाइएको सदस्यतामा एउटै डेबिट , क्रेडिट कार्डको प्रयोगमार्फत तीन जना भन्दा बढीको सदस्यताको लागि शुल्क तिरिएको पाइएमा बाँकी सदस्यको सदस्यता स्वीकार्य नहुने भएको छ ।

निर्वाचन गर्नको निम्ती गठित निर्वाचत आयोगले फर्जी मतदाताहरुको संख्या कम गर्ने ध्येयका साथ उक्त निर्णय लिइएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त टोनु घोतानेले विहिबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएका हुन् । उनले भने, ‘एकै व्यक्तिले धेरै जनाको सदस्यताको निम्ती एकै कार्ड प्रयोग गरी आवेदन दिइएको पाइएको छ, यसरी मतदाताहरु प्रभाव पार्नेगरी एकै ‘कार्डबाट पेमेन्ट’ भएका पहिला तीनजना बाहेक बाँकीको सदस्यता मान्यता हुने छैन ।’

उनले पहिला तीन सदस्यहरुलाई ‘अप्रुभ’ हुने तर चौथोसहित त्यो भन्दा बढीको सदस्यहरुको आवेदन रद्ध गरिने र शुल्क एनआरएनए सँगै राखिने जानकारी दिए । एनआरएनएको इतिहासमा पहिलो पटक फर्जी मतदाताहरुको संख्या घटाउने गरी यो अभियान लिइएको भन्दै घोतानेले यसमा सबैलाई साथ दिन समेत आग्रह गरेका छन् ।

त्यस्तै अर्का निर्वाचन आयुक्त माधव खरेलले मतदाता प्रभाव पारी आफ्नो पोल्टामा नतिजा ल्याउन खोज्ने प्रवित्तिको विरुद्ध यो निर्णय लिइएको जानकारी दिए ।

एनआरएनए अष्ट्रेलियाको आगामी दुई बर्षे कार्यकालको निम्ती यही जुलाई २९ मा निर्वाचन हुँदैछ । निर्वाचनमा अनलाइन मार्फत भोट गर्न सकिनेछ भने सदस्यताको अन्तिम टुँगो लगाउने जिम्मा निर्वाचन आयोगलाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय