मेलवर्न । हाम्रो कम्युनिटीको आयोजनामा मेलवर्नमा ३५ बर्षमाथिका व्यक्तिहरु सहभागि हुने गरी भलिवल प्रतियोगिता हुने भएको छ ।
कम्युनिटीका अध्यक्ष प्रकाश अर्यालले यही आउने २३ सेप्टेम्बरको दिन भलिवल प्रतियोगिता आयोजना गरिएको जानकारी दिएका छन् ।
सामुदायिक मेलमिलापमा आस्था राख्ने नेपालीहरु जम्मा भएर हरेक शनिवार आइतवार भलिवल कार्यक्रम गर्दै आइरहेको हाम्रो कम्युनिटीले ३५ बर्ष नाघेकाहरुलाई मात्रै सहभागि हुनेगरी उक्त प्रतियोगिता गर्न लागेको हो ।
क्यारोलाइन स्प्रिंग लिजर सेन्टरमा हुने उक्त प्रतियोगितामा सहभागि हुन सबै इच्छुक खेलाडीहरुलाई आग्रह गरिएको छ । विजेता खेलाडी तथा समूहलाई आकर्षक पुरस्कार दिइने आयोजकको भनाइ छ ।