नेपाफको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

मेलवर्न । सन् २०१९ मा स्थापना भएको नेपाफ अर्थात् कृषि, बन र वातावरण क्षेत्रमा कार्यरत नेपाली मूलका पेशागत विज्ञहरुको संगठन (नेप्लिज एसोसियसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इनभायरोमेन्ट इन अष्ट्रेलिया, नेपाफ)को दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

यही जुलाई ८ मा भर्चुअल माध्यमबाट सम्पन्न भएको उक्त वार्षिक साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष डा. एकिन्द्र तिमिल्सेनाले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका वर्तमान सचिव डा. राम आचार्यले गरेका थिए ।

राज्यहरुबाट नेपाफका मानार्थ सदस्यहरु, आजीवन सदस्यहरु, साधारण सदस्यहरु र विद्यार्थी सदस्य गरी कूल १७ जनाको उपथिती रहेको उक्त कार्यक्रममा अस्ट्रेलियाका आदिवासीहरुको स्मरण गरी सुरुवात गरिएका थियो ।

कार्यक्रममा उपाध्यक्ष डा. सीताराम घिमिरेले नेपाफले गएको एक वर्षमा गरेका विभिन्न गतिविधिहरुको बारेमा प्रस्तुति गरेका थिए भने कोषाध्यक्ष डा. विश्व मैनालीको अनुपस्थिती भएको कारण अध्यक्षले नै संघको आर्थिक अवस्था र बजेट तथा आगामी वर्षमा गरिने प्रस्तावित गतिविधिका बारेमा जानकारी गराएका थिए ।

सभामा नेपाफका मानार्थ सदस्यहरु डिलोइट एक्सेस इकोनोमिक्सकाका प्रिन्सिपल डा. होम मूर्ति पन्त र डा. राधा वाग्ले लगायतका सहभागीहरुले नेपाफले कृषि, बन र वाताबरणको क्षेत्रमा गरिने अध्ययन, अनुसन्धान र शिक्षणमा बलियो साझेदार बन्न सक्छ भन्ने सुझाव दिएका थिए । नेपाफले नेपाल र अस्ट्रेलियामा कृषि, वन र वाताबरणको क्षेत्रमा विशेषज्ञता र लामो अनुभव भएका व्यक्तिहरुलाई गोलबद्द गरेकोले यो संस्थाले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा धेरै योगदान दिन सक्ने प्रशस्त सम्भावना भएको सबैको विचार रहेको थियो।

नेपाफका सल्लाहकारहरु मध्ये डा. हेमन्त ओझा, डा. अनीता प्रधान र डा. बासु देव रेग्मीले संस्थाले आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुका बारेमा सुझाव प्रदान गरे ।

त्यस्तै संस्थाका सदस्य डा. प्रतिभा सापकोटाले नेपाफले सम्बन्धित क्षेत्रका विशेषज्ञहरुका अध्ययन अनुसन्धानलाइ समेटेर प्रकाशन गर्न लागिएको पुस्तकको बारेमा जानकारी प्रदिइन् । संस्थाका सदस्यहरु अञ्जना शर्मा र सुजन न्यौपानेले वार्षिक साधारण सभामा प्रस्तुत गरिएका बिचार र सुझावहरुलाई टिपोट गर्ने कार्यमा सहयोग गरेका थिए ।

सो कार्यक्रममा, श्रीलङ्काको पेराडेनिया विश्वविद्यालयको भूगोल विभागका वरिष्ठ लेक्चरर डा. शान्था हेटीराच्चीले ‘RHIZOBIOLOGY OF SOME CROP LEGUMES IN SRI LANKA FOR PRODUCTION OF RHIZOBIAL INOCULANTS‘  विषयक पेपर प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय