आलेको अध्यक्षतामा एनसीटिसीले पायो नयाँ कार्यसमिति, साधारणसभाले गर्यो यस्ता निर्णय

मेलवर्न । नेपाली सामुदायिक टेनिस क्लब (एनसीटिसी)को अध्यक्षमा टोप कुमार आले चयन भएका छन् ।

शनिवार सम्पन्न भएको संस्थाको बार्षिक साधारण सभाले अबको एक बर्षे कार्यकालको लागि आलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा केशव खत्री, सचिवमा भिष्म गौतम, सहसचिव दिपक गौतम, कोषाध्यक्ष सनी हमाल र सन्दिप भण्डारी, कार्यक्रम संयोजकमा रितेश बास्तोला र विष्णु पैयानी, मिडिया संयोजकमा शंकर अर्याल, जनसम्पर्क संयोजकमा ओम पौडेलले जिम्मेवारी पाएका छन् । त्यस्तै सल्लाहकारमा राजेन्द्र कार्की चयन भएका छन् ।

 उक्त कार्यक्रमले नयाँ कार्यसमिति चयन गर्दै विगतमा भएका कार्यहरुको समीक्षासँगै नयाँ योजनाहरुमा समेत छलफल गरेको एनसीटिसीका मिडिया संयोजक शंकर अर्यालले जानकारी दिए ।

एनसीटिसीले यसै आर्थिक बर्षभित्र राज्यस्तरीय लन टेनिस प्रतियोगिता गर्ने पनि निर्णय गरिएको छ । अष्ट्रेलियाको सबै राज्यहरुबाट खेलाडीहरुको सहभागिता हुने गरी कार्यक्रमको तयारी केही समयमै शुरू गरिने संस्थाले जनाएको छ ।

त्यस्तै गत अप्रिलमा क्यानबेरामा भएको खेलकूद मेलामा सहभागि भइ विजेता भएका एनसीटिसीका खेलाडी तथा संस्थाका प्रतिनिधिहरुलाई बधाईसहित सम्मान गरिएको थियो । टेनिस खेललाई प्रोत्साहन गर्ने, यहाँको नेपाली समुदायलाई अन्य समुदायसँग जोड्ने उद्धेश्यसहित एनसीटिसीको स्थापना भएको थियो । एनसीटिसीले भिक्टोरियामा यस अघि टेनिस प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ । त्यस्तै टेनिस खेल्न चाहने खेलाडीहरुले पनि संस्थालाई सम्पर्क गर्न सक्ने अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय