मेलवर्न । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नेतृत्व चयनका लागि शनिवार निर्वाचन सम्पन्न भएको छ । एनआरएनए निर्वाचन कमिटिले दिएको जानकारी अनुसार ८६.६४ प्रतिशत मत खसेको छ ।
एक विज्ञप्ती जारी गर्दै एनआरएनएले सबैभन्दा धेरै तास्मानियामा मत खसेको जनाएको छ । जहाँ ९४.११ प्रतिशत मतदाता मत दिएका छन् ।
कुल १४ हजार ५ सय ६२ मतदाता रहेकोमा १२ हजार ६ सय १७ जनाले मत दिएका प्रमुख निर्वाचन आयुक्त टोनु घोतानेले जनाएका छन् ।
आयोगले दिएको जानकारी अनुसार अन्तिम मतपरिणम साँझ ९ बजे सार्वजनिक गरिने भएको छ । विद्युतिय मतदान भएको कारण चाँडै नै मत परिणाम सार्वजनिक हुने भएको हो ।
यस्तो छ मतगणनाको अपडेटः
अध्यक्ष पदको लागि अनिल पोखरेल, डिला खरेल र देव गुरुङले प्रतिस्पर्धा गरेका छन् । त्यस्तै महासचिवमा उषा बारिया पोखरेल, रोशन घले र सन्तोष कुवँर प्रतिस्पर्धामा आएका छन् ।
आगामी दुई बर्षको निम्ती नयाँ नेतृत्व चयन गर्न चुनाव सम्पन्न भएको हो । चुनावको अन्तिम मतपरिणम कनेक्टनेपालीबाट पनि हेर्न सकिने छ ।