मेलवर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको मतगणनामा पोखरेलले ५२१६ मत सहित जितेका हुन् । त्यस्तै उनका निकटतम प्रतिस्पर्धी डिला खरेलले ३३४७, र देव गुरुङले ३३८० मत पाए ।
महासचिवमा सन्तोष कुवँरले जित हासिल गरेका छन् । यसैगरी सचिवमा थिर बहादुर गुरुङ, कोषाध्यक्षमा अर्जुन गौतम, सहसकोषाध्यक्षमा रोजी पन्त विजयी भएकी छन् ।
एनआरएनए निर्वाचन कमिटिले दिएको जानकारी अनुसार ८६.६४ प्रतिशत मतदान भएको थियो । जसमा सबैभन्दा धेरै तास्मानियामा ९४.११ प्रतिशत मतदाता मत दिएका छन् ।
कुल १४ हजार ५ सय ६२ मतदाता रहेकोमा १२ हजार ६ सय १७ जनाले मत दिएका प्रमुख निर्वाचन आयुक्त टोनु घोतानेले जनाएका छन् ।