हाम्रो कम्युनिटीको आयोजनामा भलिवल प्रतियोगिता हुँदै, यस्ता छन् आकर्षणहरु

मेलवर्न । खेलकूद र नेपाली संस्कृति प्रवर्र्धनमा जोड दिदै आएको हाम्रो कम्युनिटीले भलिवल पतियोगिता आयोजना गरेको छ ।

आईसीएस इन्टरनेशनल शीर्ष प्रयोजक रहेको ३५ बर्ष माथिका खेलाडी सहभागि हुने भलिवल प्रतियोगिता यही २३ सेप्टेम्बरमा आयोजना हुन लागेको कम्युनिटीका अध्यक्ष प्रकाश अर्यालले जानकारी दिए । क्यारोलाइन स्प्रिंग्स लिजर सेन्टरमा हुने प्रतियोगितामा ३५ बर्ष पुगेका खेलाडीहरु मात्र सहभागि हुन पाउने छन् ।

प्रथम हुने समूहलाई १५०० डलर, द्वितीय हुने समूहलाई ५ सय डलर पुरस्कारको व्यवस्था गरिएको छ । जसमा ३ सय डलर प्रवेश शुल्क रहेको छ ।

त्यस्तै उत्कृष्ट हुने टोलीलाई ट्रफी, मेडल समेत प्रदान गरिनेछ भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । कम्युनिटीले प्रतियोगिताको लागि महेश के श्रेष्ठलाई मुख्य कोचको रुपमा नियुक्त पनि गरिसकेको छ ।

अध्यक्ष प्रकाश अर्यालले यस प्रकारका कार्यक्रम मार्फत यहाँको नेपाली समुदायलाई चलायमान गराउन मद्धत पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै प्रतियोगिताका मुख्य प्रायोजक आईसीएस इन्टरनेशनलका डाइरेक्टर केदार सापकोटाले विशेषगरी ३५ बर्ष माथिका खेलाडीहरुलाई खेल मार्फत एकजुट गर्ने अभियानमा आफूहरुको निरन्तर साथ रहने भन्दै हाम्रो कम्युनिटीसँग सहकार्य गर्ने अवसरको लागि आभार समेत व्यक्त गरेका छन् ।

कम्युनिटीले यहाँ हुर्कदैै गरेका बालबालिकाहरुको लागि नेपाली भाषा, संस्कृति र नाँच सिकाउने उद्धेश्यसहित नेपाली भाषा कक्षा समेत सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय