न्याभको आयोजनामा तीज कार्यक्रम हुँदै, महिला उद्यमीलाई विशेष सम्मान

मेलवर्न । नेपाली संघ भिक्टोरियाको आयोजनामा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा तीज विशेष कार्यक्रम हुँदैछ ।

महिला उद्यमीहरुलाई प्रोत्साहन र सम्मान गर्ने विशेष समारोहसहित भव्य रुपमा तीज पर्व गर्न लागिएको हो ।

मिराज कन्सल्टिङ्गको मुख्य प्रायोजन तथा चान्डलर आरटीओको सह प्रायोजन रहेको उक्त तीज समारोह आगामी सेप्टेम्बर ३ गते आइतवार साँझ ६ देखि १० बजेसम्म इस्नोनिया हाउस वेस्ट बन्सविकमा हुन लागेको तीज कार्यक्रम संयोजक तथा न्याभ उपाध्यक्ष ललिशा थापाले जानकारी दिइन् ।

भिक्टोरियामा उद्यम गरिरहेका नेपाली महिलाहरुलाई प्रोत्साहन गर्ने र उनीहरुको योगदानलाई सम्मान गर्ने उद्धेश्यको साथमा हुन लागेको उक्त कार्यक्रममा न्याभ विमेन अफ द डे, बेस्ट मेकप, बेस्ट ड्रेस, बाल नृत्य, सांस्कृतिक प्रस्तुती, अतिथि कलाकार र डिजेको प्रस्तुती रहने थापाले जानकारी दिइन् ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिक सिन्धु मल्लको बेजोड सांस्कृतिक प्रस्तुती रहने भएको छ ।

संस्थाका उपाध्यक्ष ललिशा थापाले सम्पूर्ण कार्यक्रम र आन्तरिक व्यवस्थापनको जिम्मा लिएकी छन्, खेल संयोजक दीप चन्दले प्रायोजक, अध्यक्ष प्रेमराज उप्रेती, कोषाध्यक्ष यकेन्द्र तिम्सिना, सचिव माधव खरेलले अतिथि सत्कार, आन्तरिक व्यवस्थापन र बजेट व्यवस्थापनको जिम्मा लिएका छन् ।

न्याभ महिला मञ्चले सांस्कृतिक गतिविधि, प्रदर्शन र स्वैच्छिक गतिविधिहरूको लागि सक्रिय रूपमा काम गरिरहेको उपाध्यक्ष ललिशा थापाले जानकारी दिइन् ।

उक्त अवसरमा सहभागि हुने चाहने महिला उद्यमीहरूको लागि चासोको अभिव्यक्ति अर्थात एक्सप्रेसन अफ इन्टरेष्ट खुलाइएको छ । यस कार्यक्रममा सहभागि हुन चाहने महिला उद्यमीले यहाँ क्लिक गरी आफ्नो सहभागिता सुनिश्चित गर्न सक्ने भएका छन् । उक्त कार्यक्रम सम्पन्न गर्नको निम्ती यहाँस्थित विभिन्न नेपाली संघसंस्थाहरुसँग समन्वय भइरहेको न्याभले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय