रोयल वेस्टर्न क्लबले मेलवर्नमा दोस्रो एक्सपर्ट कप गर्दै, हालसम्मकै ठूलो राशिको पुरस्कार !

मेलवर्न ।  रोयल वेस्टर्न क्लबको आयोजनामा मेलवर्नमा दोस्रो एक्सपर्ट कप फुटबल आयोजना हुने भएको छ ।

अष्ट्रेलियामा रहेका आप्रवासी नेपाली फुटबल क्लवहरुबीच आगामी अक्टोबर १४ र १५ तारीखका दिन राज्यस्तरीय दोस्रो एक्सपर्ट कप फुटबल प्रतियोगिता आयोजना हुने भएको हो ।

११ हजार डलर, ट्रफी तथा मेडल प्रथम पुरस्कार रहेको उक्त प्रतियोगिता यस क्षेत्रमा पछिल्लो समयकै सर्वाधिक ठूलो पुरस्कार राशि रहेको क्लबका जनसम्पर्क अधिकृत  उज्जवल अधिकारीले जानकारी दिए ।

एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित ११ हजार डलर प्राप्त गर्नेछ । प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भइसकेको बताउँदै आयोजकले सहभागी हुन चाहने समूहहरूलाई दर्ता आह्वान समेत गरेको छ ।

प्रतियोगिताबारे विस्तृत रुपमा छिटै जानकारी गराउने पनि क्लबका प्रवक्ता समेत रहेका अधिकारीले जानकारी दिए । प्रतियोगिताको उद्देश्य अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच फुटबलको खेलको विकास र उत्थान गर्नु मात्र नभएर एकअर्कावीच आपसी एकता र सदभाव समेत रहेको क्लबले जनाएको छ ।

यस क्षेत्रको नेतृत्वदायक क्लब समेत रहेको रोयल वेस्टर्न क्लबले लामो समयदेखि खेलकुदजन्य गतिविधिमा उत्कृष्ट योगदान गर्दै आइरहेको छ । हालैमात्र क्लबले रोशन दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर