गुल्मी । मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरेले झुण्डिएको अवस्थामा फेला परेका छन् ।
शुक्रवार दिउँसो घरबाट निस्किएका उनी शनिवार विहान घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा रुखमा झुण्डिएको अवस्थामा भेटिएको स्थानीय बासिन्दाले जनाएका छन् ।
उनी नेपाली काँग्रेस मुसिकोट नगरपालिकाको सभापति समेत हुन् । शनिवार विहान सामाजिक सन्जाल फेसबुकमा उनले एक स्टाटस लेख्दै आत्महत्या गरेका हुन् ।
उनको फेसवुकमा लेखिएको छ, “परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रीय अनिता साथ निभाउन सकेन । मलाई माफ गरे । घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु । अल बिदा ।”
घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको तर आत्महत्याको कारण भने स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ ।