सिड्नी । नेपाली चलचित्र ‘जय हो’ आउँदो भदौ ८ अर्थात अगष्ट २५ देखि अस्ट्रेलियाका विभिन्न राज्यमा एकसाथ प्रदर्शन हुने भएको छ । विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको उक्त चलचित्र आगामी शुक्रवारदेखी अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको हो ।
अस्ट्रेलियाको ईभेन्ट सिनेमा हल र भिलेज सिनेमामा चलचित्र प्रदर्शन हुनेछ ।अस्ट्रेलियाको सातै राज्यहरुका सिनेमा हल चलचित्र प्रदर्शन हुनेछ । न्यू साउथ वेल्स मा ८ स्थान हरु हर्सभिल लिभरपुल, प्यारामाटा, टप राईड बैंकस टाउन, ग्लेनडेल, ब्ल्याकटाउन लगायतका ठाउँमा विभिन्न समयमा चलचित्र प्रदर्शन हुनेछ भने भिक्टोरिया ३ ठाउँ मा क्वीनसल्यान्ड मा ३ ठाउँ एडेलड साथै पर्थ ,डार्विन , तास्मेनिया मा पनि चलचित्र प्रदर्शन हुने छ ।
चलचित्रमा कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङको मुख्य अभिनय छ । टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
‘जय हो’ चलचित्र मुस्ताङ र कास्कीका विभिन्न स्थानमा खिचिएको हो । यसमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । चलचित्रको प्रस्तुतकर्ता शोभित बस्नेत र निर्देशक टेक पौरखी राई रहेका छन् ।उक्त चलचित्रको निर्माता द्धय सुरज ल्वागन र राज के अधिकारी रहेका छन ।