सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए वमन फोरम) नारी निकुञ्ज अस्ट्रेलिया न्यू साउथ वेल्स (एनएसडब्लु) ले नारीहरुको महान पर्व हरितालिका तीजलाई भव्य रुपमा मनाउने भएको छ । संस्थाले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि तीज पर्वको अवसर पारेर तीज सेलिब्रेशन २०२३ कार्यक्रमको आयोजना गरेको छ ।
१ सेप्टेम्बर शुक्रवार सिड्नी स्थित कोरियन सोसाईटी अफ सिड्नी क्रोयडोन पार्कमा तीज विशेष रमाईलो कार्यक्रमको आयोजना गरिएको नारी निकुञ्ज अस्ट्रेलिया साउथ वेल्स संयोजक समिता गुरुङले जानकारी दिईन् । पारिवारिक रमाईलोका साथमा मौलिक नेपाली तीज गीत, नेपाली खाना, नृत्य र डिजेमा नाचगान गर्ने सहित शुभकामना आदान प्रदान कार्यक्रम लगायतका कार्यक्रम रहने बताईएको छ ।
कार्यक्रममा स्थानीय कलाकार निशा केसीले सांगीतिक प्रस्तुतीका साथ उपस्थित दर्शकहरुलाई नचाउनेछिन् । कार्यक्रममा उपस्थित भई तीज पर्वलाई भव्य बनाउन निकुञ्जले सबैसंग अनुरोध समेत गरेको छ । नारी निकुञ्जले सन् २०१० देखि परोपकारी कार्य आयोजना गर्दै आएको छ । यस कार्यक्रमबाट संकलित रकम नेपालका दुर्गम एवम् ग्रामीण भेगमा रहेको महिलाहरुको पाठेघर खस्ने रोगको उपचारमा खर्च गरिने जना आइएको छ ।