क्र्यानबर्न ज्ञानज्योती पाठशालाको आयोजनामा तीजपर्व हुँदै, राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती

मेलवर्न । क्र्यानबर्न ज्ञानज्योती पाठशालाको आयोजनामा क्र्यानबर्नमा भव्य रुपमा तीज पर्व मनाइने भएको छ ।

सेप्टेम्बर ११ का दिन एम्बर्ली रिसेप्सनमा अयोजित क्र्यानबर्न इन्द्रेणी तीज धमाका–२०८० मा बहुचर्चित नेपाली कलाकारहरु खेम सेञ्चुरी, शान्ति श्री परियार, सुनिता बुढा क्षेत्री, सरिता धनकुटी लगायतको प्रस्तुती रहने भएको राजकुमार खत्रीले जानकारी दिए ।

इन्द्रेणी ग्रोसरीको मुख्य प्रायोजनमा हुने लागेको उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरुको प्रस्तुती सँगै विभिन्न सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत हुने भएका छन् ।

कार्यक्रमलाई सफल बनाउनको निम्ती आईसीएस इन्टरनेशनल, कफि बिन क्याफे, सिराज इण्डियन रेष्टुरेण्ट, कस्तुरी इण्डियन कुइजिन, सबनम्स प्याकेन्हम इण्डियन कुइजिन, आइ वेभ डिजिटल, सोलर रन ह्वीटल सी, ए टु जेड अटो रिपेयर, सिम्प्ली वेल्थ ग्रुप, भिडिए फाइनान्स, नेप्स टेडिङ, शुभ–सन्ध्या, इण्डियन नेपलीज रेष्टुरेष्ट लगायतले सहयोग गरेको खत्रीले जानकारी दिए।

भिक्टोरियामा रहेका नेपालीहरुवीच आपसी सदभाव, धार्मिक, सांस्कृतिक एकता जुटाउने उद्धेश्य राखिएको कार्यक्रममा संकलित रकम क्र्यानबर्न ज्ञानज्योती पाठशालाको निम्ती प्रयोग गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय