मेलवर्न । अष्ट्रेलियामा सूचना प्रविधि (आइटी) र लेखा (अकाउन्ट) विषय पढेर काम खोजिरहेका विद्यार्थीहरुले काम खोज्न सहज हुने गरी एक्सट्राटेकले विशेष प्रशिक्षण दिने भएको छ ।
यही ७ सेप्टेम्बर साँझ ४ देखि ७ बजेसम्म ब्रन्सविकमा हुन लागेको उक्त कार्यक्रममा सहभागि हुने विद्यार्थी एकाण्ट र आईटी क्षेत्रमा काम खोज्नको निम्ती आवश्यक पर्ने महत्वपूर्ण जानकारीहरुको विषयमा प्रशिक्षण पाउने कम्पनीका मार्केटिङ डाइरेक्टर गौरव सुनारले जानकारी दिए । उनका अनुसार उक्त प्रशिक्षण कार्यक्रममा सुनारसँगै कम्पनीका डाइरेक्टर विनोद कुवँर र प्रदीप सुवेदीले टिप्सहरु सिकाउनेछन् ।
अष्ट्रेलियामा अध्ययन पूरा गरेपनि आफ्नै क्षेत्रमा काम गर्न नपाएका विद्यार्थीहरुलाई ‘करिकुलम भिटा’ अर्थात सिभी कस्तो बनाउने, अन्तर्वाताहरुमा सोधिने प्रश्नमा कस्तो जवाफ दिने, ‘कभर लेटर’ कस्तो लेख्ने, अथवा रोजगारदाताहरुसमक्ष कसरी पेश हुने भन्ने विविध विषयहरुमा महत्वपूर्ण जानकारीहरु लिइने सुनारले जानकारी दिए । उक्त प्रशिक्षण कार्यक्रममा निशुल्क रुपमा सहभागि हुन सकिने जनाइएको छ ।
एक्सट्रोटेकले सिड्नी, मेलवर्न, क्याबेरा र ब्रिसबेनमा अफिस नै स्थापना गरी विद्यार्थीहरुलाई रोजगारी प्राप्त गर्नको निम्ती सहयोग गरिरहेका छ । एक्सट्राटेकमार्फत आफूहरुले धेरै नेपाली तथा अन्य राष्ट्रियता भएका विद्यार्थीहरुलाई आफ्नै क्षेत्रमा काम खोज्न सफल भएको सुनारको भनाइ छ ।
कुँवरले नेपालमा आफूहरुले क्रिकेट रंगशाला बनाइरहेको कुरालाई जोड दिदै भने, ‘हामी क्रिकेट रंगशाला बनाउँछौं, तपाई आफ्नो भविष्य बनाउनुहोस् ।’ त्यस्तै मेलवर्न कार्यालयका प्रदीप सुवेदीले विद्यार्थीलाई दुईतीन महिनाको समयमै अष्ट्रेलियाको जब मार्केटमाा पूर्ण तयारी गरी पठाउन सक्ने बताए ।
एक्स्ट्राटेकका रिक्रुटमेन्ट डाइरेक्टर तथा करियर काउन्सिलिङ हेड सुदी गौतमले विद्यार्थीहरुलाई अन्तरवार्तामा कसरी प्रस्तुत हुने भन्ने कुराले काम पाउनको निम्ती ठूलो भूमिका खेल्ने भएकोले त्यसै अनुसारको सिकाइ आफूहरुले प्रदान गर्ने बताइन् ।
कम्पनीका सन्चालक कुँवरले एकल लगानीमा तिलोत्तमा नगरपालिकाकामा रङ्गशालामा बनाउन लागिरहेका छन् । यो वर्ष ५,००० दर्शक क्षमताको रङ्गशाला बन्ने जानकारी दिदै उनले त्यसपछि प्रत्येक वर्ष अरू ५,००० दर्शक क्षमता भएको संरचना बन्दै जाने जानकारी दिए ।