नेप्को इन्टरटेन्मेन्टद्वारा शनिवार मेलवर्नमा तीज धमाकाः खुमन, चन्दा र दिनेशको बेजोड प्रस्तुती

मेलवर्न । नेप्को इन्टरटेनमेन्टको आयोजनामा मेलवर्नमा यही शनिवार तीजविशेष कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रमको आयोजक डिबी थापाले दिएको जानकारी अनुसार ब्रन्सविक इस्टस्थित साइप्रस हलमा हुने उक्त तीज धमाका कार्यक्रममा नेपालका बहुचर्चित कलाकारहरु खुमन अधिकारी, चन्दा अर्याल र दिनेश थापाले बेजोड सांगीतिक प्रस्तुती दिने भएका छन् ।

निशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त कार्यक्रमलाई आईसीएस इन्टरनेशनल एजुकेशन एन्ड माइग्रेसनको मुख्य प्रायोजन रहेको छ । आईसीएसका डाइरेक्टर केदार सापकोटाले नेपाली तीज पर्वमा यहाँ रहेका सबै नेपालीहरुलाई एक आपसमा जम्मा भइ नाँचगान गर्ने र रमाउनको लागि सहयोग गरिएको जानकारी दिए ।

साँझ ६ बजेबाट शुरू हुने उक्त कार्यक्रममा फेशन सो समेत हुने भएको छ । हंग्री आइ एसियन फ्युजन हस्पिटालिटी पार्टनर रहेको उक्त कार्यक्रममा नेपाली सामग्रीहरु बिक्री गरिने छ । यस्तै नेपाली फुड स्टल र निशुल्क फोटो बुथको पनि व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागि हुनको निम्ती खुमन शुक्रवार मेलवर्न आइपुगेका छन् । चन्दा र दिनेशभने यसअघि नै मेलवर्न आइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय