पत्रकार अधिकारीलाई प्रेसिडेन्टियल अवार्ड

सिड्नी । अष्ट्रेलियामा लामो समय देखि नेपाली भाषाको पत्रकारिता गर्दै आइरहेका पत्रकार तक्दीर अधिकारीलाई प्रेसिडेन्टियल अवार्डसहित सम्मान गरिएको छ ।

हाल लण्डन नेपाल न्यूज अष्ट्रेलियाको प्रधान सम्पादकको रुपमा रहेका अधिकारीलाई अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल तथा एनआरएनए अस्ट्रेलियाका निवर्तमान अध्यक्ष नन्द गुरुङ लगायत एनआरएनए अस्ट्रेलिया साधारण सभा कार्यक्रममा सहभागी बिशेष अतिथिको हातबाट ‘एनआरएनए अष्ट्रेलिया प्रेसिडेन्टस अवार्ड २०२३सहित सम्मान गरिएको हो । अधिकारी अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसन (एन्जा) का प्रवक्ता समेत हुन ।

२०१६ देखि लण्डन नेपाल न्यूजको प्रधान सम्पादकको रुपमा यहाँको नेपाली समुदायमा नेपाली भाषाको पत्रकारिता गरिरहेका अधिकारीले भाइरल कन्टेन्टमा भन्दा पनि सत्य विषयमा कलम चलाउन मन पराउन चाहन्छन् ।

यहाँका सामुदायिक विषयहरुमा आवाज उठाउने, एनआरएनएमा हुनसक्ने वेथितिहरुविरुद्ध बोल्ने गरेका अधिकारीले नेपाली राजदूतावासलाई विभिन्न मुद्धामा खबरदारी गर्ने, विद्यार्थीहरुका हकहितका विषयमा आवाज उठाउँदै आएका छन् ।

अष्ट्रेलियामा आयोजना भइरहने नेपाल फेस्टिवल, सामाजिक विषयबस्तुमा उनले गरेको कामको सम्मान स्वरुप अवार्ड प्राप्त गर्न सफ भएका हुन् ।

भिजिट नेपाल २०२० को प्रचारप्रसारको लागि योगेश भट्टराईको अष्ट्रेलिया भ्रमणको क्रममा तत्कालिन राजदूत महेश दाहाल जोडिएको घट्नाको विषयमा सत्यतथ्य समाचार प्रशारण गरेका कारण उनको प्रशंसा समेत हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय