मेलवर्न । कफी यात्रा प्रोडक्सनको पहिलो प्रकाशनको रुपमा ईरा उपन्सास शनिवार विमोचन हुँदैछ ।
प्रशान्त शर्मा द्वारा लिखित ईरा उपन्यास काठमाडौंमा शनिवार विमोचन गर्न लागिएको प्रोडक्सनका सञ्चालक कृष्ण पिडी सापकोटाले जानकारी दिए ।
शनिवार दिउँसो १२ बजे काठमाडौंको कैलाशकुट क्याम्पस जयबागेश्वरीमा औपचारिक कार्यक्रमवीच पुस्तक विमोचन हुन लागेको हो । उक्त कार्यक्रममा वक्तको रुपमा अच्युत घिमिरे बुलबुल, लक्ष्मी बर्देबा, विवेक ओझा, डा. शोभा ढुंगाना उपस्थित हुनेछन् भने बाबु त्रिपाठीले सहजीकरण गर्नेछन् ।
शर्माले लेखेको उक्त ईरा उपन्यासको प्रकाशक कफी यात्रा प्रोडक्सन रहेका छ भने वितरक बिएन पुस्तक संसार प्रालिले गर्नेछ ।