काठमाण्डाै – १९औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ ।
चीनकाे हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग नेपाल ३–१ ले पराजित भएको हो । पहिलो सेटमा नेपाल २५–२० ले विजयी भए पनि त्यसपछि लगातार ३ सेट गुमाएको हो । दोस्रो सेटमा नेपाल २५-२०, तेस्रो सेटमा २५-१८ र चौथो सेटमा २५-१५ ले पराजित भयाे ।
नेपालले अर्काे खेलमा पर्सि बुधवार इरानसँग खेल्नेछ । यो खेल हारेमा नेपाल समूह चरणबाट बाहिरिनेछ ।