गल्कोट समाज भिक्टोरियाको भेटघाट तथा सांगीतिक कार्यक्रममा वसन्त थापाको धमाका

मेलवर्न । गल्कोट समाज भिक्टोरियाको आयोजनामा मेलवर्नमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका बहुचर्चित राष्ट्रिय गायक तथा संगीतकार वसन्त थापा मुख्य आकर्षण रहेको उक्त कार्यक्रममा भिक्टोरियाका नेपाली, विशेष गरी गल्कोटबासीको उल्लासमय उपस्थिती रहेको थियो ।

सोमबार २५ सेप्टेम्बरको दिन भर्मोन्ट एगल्स फुटबल क्लबको हलमा सम्पन्न भएको उक्त कार्यक्रममा समाजका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता रहेको थियो ।

उक्त अवसरमा एनआरएनए भिक्टोरिया अध्यक्ष मणिरत्न सापकोटा, एएनएमसी पूर्व अध्यक्ष डा. चन्द्र दीपक पोखरेल, नेपाली सामाजिक अभियन्ता तथा गल्कोट समाजका अभिभावक र गुल्मी समाजका पूर्व अध्यक्ष जनकराज गौतम, हाम्रो कम्युनिटीका अध्यक्ष प्रकाश अर्याल, गल्कोट समाज सिड्नी पूर्व अध्यक्ष कृष्ण सुनुवार, भर्मोन्ट क्रिकेट क्लबका अध्यक्ष ट्रेन्ट तफीको विशेष उपस्थिती रहेको थियो ।

मुख्य आकर्षणको रुपमा रहेका बहुचर्चित राष्ट्रिय कलाकार वसन्त थापाले धमकेदार सांगीतिक प्रस्तुती दिएका थिए । त्यस्तैगरी डिजे प्रबिन योन्जनले सबैलाई नचाए ।

रोनिशा बोहोरा र ईश्वरी थापाको समूहले सामूहिक सांस्कृतिक प्रस्तुती दिएका थिए । त्यस्तै बबिता केसीले एकल नृत्य प्रस्तुत गरिन् ।संस्थाका संस्थापक सदस्यहरु तथा अभिभावकहरुलाई खादासहित सम्मान गरिएको कार्यक्रममा उपस्थित दर्शकले गल्कोटबासीहरुको एकताको सन्देश दिदै एकअर्कावीच प्रेम र पर्वको सम्मान व्यक्त गरेका थिए ।

त्यस्तैगरी यहाँ हुर्कदै गरेका बालबालिकाहरुले पनि नेपाली गीत सँगीतमा नाँच्ने र सिक्ने मौका पाएको आयोजकले विश्वास लिएको छ ।

ओल्ड दरबार, गूडविल फाइनान्स, नमस्ते ज्वेलर्स, इन्स्टा, एमेक माइग्रेसन एन्ड एजुकेशन, क्यापकोन मेलवर्न, एलाएन्स रियलस्टेटले कार्यक्रम प्रायोजन गरेका थिए । त्यस्तै हस्पिटालिटी पार्टनरको रुपमा आगमन इन्डियन रेष्टुरेन्टले साथ दिएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका संस्थापक सदस्य समेत रहेका नेप्लिज स्पोर्टस एसोसियसनका अध्यक्ष तारा गैरेले गरेका थिए भने संयोजन संस्थाका सदस्य रमेश केसीले गरेका थिए । करिब ३ सय जना सहभागि रहेको कार्यक्रमको समापन राती १० बजे गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय