रोयल वेस्टर्न्स क्लबद्वारा आयोजित एक्स्पर्ट कपको तयारी अन्तिम चरणमा, १६ समूह सहभागि हुने

मेलवर्न । बहुप्रतिक्षित एक्स्पर्ट कप एन्ड बेटर चोइस कपको तयारी पूरा भएको छ । आइतवार एक पत्रकार सम्मेलन गर्दै आयोजक रोयल वेस्टर्न्स क्लबले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिदै ट्रफी मेडलहरु सार्वजनिक तथा खेल समूह विभाजन गरेको छ ।

एक्स्पर्ट एजुकेशन एन्ड माइग्रेसनको मुख्य प्रायोजनमा यस क्षेत्रको नेपाली समुदाय द्वारा आयोजित सर्वाधिक राशिको पुरस्कार मध्येको एक प्रतियोगितामा १६ समूह सहभागि हुने भएका छन् ।

एक्स्पर्ट ग्लेनरोयको कार्यालयमा भएको पत्रकार सम्मेलनको अध्यक्षता क्लबका अध्यक्ष रोशन दाहालले गरेका थिए भने क्लबका उपाध्यक्ष निर्मला शर्मा र संजिब थापा मगर, सचिव तेज कार्की, कोषाध्यक्ष सुवास पाण्डेय, म्यानेजर दिपेन्द्र खड्कासहित खेलाडी, कार्यसमिति सदस्य, पत्रकार तथा विभिन्न सहभागि समूहका नेतृत्वहरु उपस्थित भएका थिए ।

एक्स्पर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसका निर्देशक बसन्त पोखरेलले खेलको महत्वबारे प्रकाश गर्दै यस प्रतियोगिताले नेपाली समुदायहरुवीच आपसी सद्भाव कायम हुने विश्वास व्यक्त गरे । उनले यस ऐतिहासिक खेलको सारथी बन्न पाउँद एक्स्पर्ट परिवार गौरव महसुस गरिरहेको समेत बताए ।

यस्तै प्लाटिनम स्पोन्सर काठमाडौं प्रपर्टिजका निर्देशक सुदिप न्यौपानेले उक्त प्रतियोगिताको भाग बन्न पाउँदा आफूहरु प्रसुल्लित भएको भन्दै प्रतियोगिताको सफलताको शुभकामना दिए । खेल संयोजक ससेन्द्र केसी गौतमले कार्यक्रम सञ्चालन गर्दै खेलको नियम र प्रतियोगिहरुको जिज्ञासा मेटाएका थिए ।

११ हजार डलर, ट्रफी र मेडल प्रथम पुरस्कार रहेको उक्त प्रतियोगितामा १६ समूहले उपाधिको निम्ती प्रतिस्पर्धा गर्ने क्लबका जनसम्पर्क अधिकृत उज्जवल अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा रनर अप हुने समूहले ४ हजार ५ सय डलर पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडीले ५ सय, उत्कृष्ट मिडफिल्डर, उच्च स्कोर गर्ने खेलाड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डरले समान ३ सय डलर पुरस्कार पाउनेछन् । त्यस्तै म्यान अफ त म्याच फाइनलले २ सय डलरसहित सम्मान पाउने अधिकारीले जानकारी दिए ।

प्रतियोगिता  यहि १४ र १५ अक्टोबरको दिन २५१ स्टेडियम ड्राइभ, केलर र्पाकमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय