न्याभले नेपाली समुदायलाई गरेको सहयोग अमूल्य, गाइडस्टारले सहयोग गर्न पाउँदा खुशीः थापा

मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)को आयोजनामा यही १५ अक्टोबरमा मेलवर्नमा बाल दिवस कार्यक्रम हुँदैछ । विशेष गरी अष्ट्रेलियामा हुर्कदै गरेका नेपाली समुदायका बालबालिकाहरुलाई नेपाली भाषा, कला, संस्कृति, मेलमिलाप को भावना सिकाउने उद्धेश्यको साथ न्याभले बाल दिवस कार्यक्रम गर्न लागेको हो ।

एपिङ टाउन हलमा हुन गइरहेको उक्त कार्यक्रममा न्याभद्वारा सञ्चालित ८ बालपाठशालासहित ११ विद्यालयबाट बालबालिकाहरु सहभागि हुनेछन् । बालबालिकाहरुको सांस्कृतिक नृत्य, मन्तव्य, म्यूजिक, प्रतिभाको खोजी लगायत विभिन्न कार्यक्रम गर्न लागिएको उक्त बाल दिवस समारोहको मुख्य प्रायोजक गाइडस्टार ट्रेनिङ सेन्टर रहेको छ ।

गाइडस्टार ट्रेनिङका कार्यकारी निर्देशक तथा सफल उद्यमी शब्नम थापाले बालबालिकाले नेपाली संस्कार र संस्कृतिको बारेमा सिकुन र उनिहरुलाई आफ्नो संस्कृतीप्रति आकर्षक रहोस भन्ने उदेश्यले यो कार्यक्रममा जोडिएको बताएकी छन् ।

भिक्टोरियामा नेतृत्वदायी महिला उद्यमीको रुपमा उदयमान हुँदै गरेकी उद्यमी थापाले न्याभले नेपालीहरुको एकता तथा सद्भावको विकास मात्र नभएर नेपाली भाषा, कला, संस्कृतिको विकासमा गरेको काम निकै अमूल्य रहेको बताइन् । न्याभका अध्यक्ष प्रेमराज उप्रेतीसहितको वर्तमान कार्यसमितिले भिक्टोरियामा नेपाली कला संस्कृतिको विकास र विस्तारको निम्ती निकै राम्रो काम गरेको भन्दै गाइडस्टार ट्रेनिंगको तर्फबाट सारथी बन्न पाउँदा खुशी लागेको बताइन् ।

‘बाल दिवस भनेकै एक चेतना फैलाउने भएकाले बालबालिकाको लागि विदेशमा नेपालको गायन, नृत्य, सांस्कृतिक प्रस्तुतीहरुसहित बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्दा उनीहरुवीचमा नेपालीपनको विकास हुन्छ’, उनले भनिन्, ‘बालदिवस कार्यक्रमले देश र कल्चरलाई प्रतिनिधित्व गर्छ, सबै अभिभावकले आफ्ना बालबालिकालाई सहभागि गराउन अनुरोध गर्छु ।’

यसप्रकारका कार्यक्रममा आफ्नो इन्सिटट्युटको तर्फबाट आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउँदै थापाले यहाँको बहुसांस्कृतिक समुदायमा नेपाली कला, भाषा, संस्कृतिको विकास गर्ने अभियानमा सबै लाग्नुपर्नेमा समेत जोड दिइन् ।

बालबालिकाहरुले आफुहरुको पृष्ठभूमि र आफूहरु नेपाली हौँ, नेपाल कै संस्कृतिमा हुर्किएका हौ भन्ने कुराको ज्ञान, चेतना हुने र आभास गराउने उनको विश्वास रहेको छ ।

गाइडस्टार ट्रेनिङ सेन्टरले अस्ट्रेलियन सरकारबाट निशुल्क रुपमा यहाँका स्थायी बासिन्दा र नागरिकहरुको निम्ती स्वस्थ्य सम्बन्धित कोर्सहरु गराउँदै आएको छ ।

यहाँका पीआर र सिटजनहरुले एज्ड केयर, डिसाब्लिटी कोर्सहरु निशुल्क रुपमा गर्न सक्ने र त्यसको लागि आफूहरुलाई सम्पर्क गर्न सक्ने उनले बताइन् । अष्ट्रेलियामा ज्ञान र सीप भएकाहरुलाई र सिक्न चाहनेहरुको निम्ती ठूलो अवसर रहेको बताउँदै उनले भनिन्, ‘नेपालीको संख्या बढ्दो क्रममा छ । यहाँ आइसकेपछि काम गर्न गाह्रो र सहज दुवै भएकाले तालिम तथा शिक्षामा ध्यान दिन जरुरी छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय