एनसिटीसी भिक्टोरियाका खेलाडीलाई अन्तराष्ट्रिय कोच लामाले दिए प्रशिक्षण

मेलवर्न । नेप्लिज कम्युनिटी टेनिस क्लब एनसीटिसी भिक्टोरियाले गत शुक्रवार टेनिस क्लिनिक सञ्चालन गरेको छ ।

टेनिस खेलका प्रख्यात कोच राज लामाको विशेष उपस्थितीमा खेलाडीहरुलाई टेनिस खेलको प्रशिक्षण गराइएको हो ।

ग्लेनरोय कम्युनिटी टेनिसमा भएको उक्त प्रशिक्षणमा कोच लामाले टेनिस खेल्दा विचार पुर्याउनु पर्ने विषयहरु, टेनिसका तौरतरिकाहरुको विषयमा विशेष प्रशिक्षण प्रदान गरेको एनसीटिसी भिक्टोरियाका मिडिया संयोजक शंकर अर्यालले जानकारी दिए ।

लामा भेट्रान टेनिस खेलाडी मात्र नभएर प्रमाणपत्र प्राप्त अन्तराष्ट्रिय टेनिस कोच रहेका छन् ।

प्रोफेशनल टेनिस रजिष्ट्रीका अन्तराष्ट्रिय नेता समेत रहेका उनले हालसम्म २ हजार भन्दा बढी ठाउँमा कोचको रुपमा प्रशिक्षण दिएका छन् । विश्वका एक दर्जन भन्दा बढी देशमा पुगेर तालिम प्रदान गरिरहेका सफल प्रशिक्षकबाट टेनिसको प्रशिक्षण लिन पाउँदा खेलाडीहरुमा पनि नयाँ उत्साह थपिएको एनसीटिसी भिक्टोरियाका अध्यक्ष टोप आलेले जनाए ।

कार्यक्रममा मुख्य आकर्षणको रुपमा रहेका कोच लामालाई अध्यक्ष आलेले संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय