मेलवर्न । हरेक बालबालिकाको सहभागिताको मुख्य नारासहित नेपाली संघ भिक्टोरिया (न्याभ)द्वारा बाल दिवस कार्यक्रम सम्पन्न भएको छ ।
न्याभका अध्यक्ष प्रेम राज उप्रेतीको अध्यक्षता सांसद क्याथलिन म्याथ्यू वार्डको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बाल दिवस कार्यक्रममा २ सय बढी बालबालिका तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
जसमा ६८ जना बालबालिकाहरुले नृत्य, मन्तव्य लगायतका विभिन्न प्रस्तुतीहरु दिएका थिए । बाल चौतारी वेस्ट, बालचौतारी डोरिन मर्न्डा नेप्लिज कम्यनिटी,
बाल चौतारी नर्थ, क्र्यागिबर्न स्कूल, बाल चौतारी साउथइस्ट, फोकनर समाज, हाम्रो नेपाली पाठशाला, हाम्रो कम्युनिटी लगायतका नेपाली भाषा पाठशालाका बालबालिकाहरुको विशेष प्रस्तुती दिएको न्याभका सचिव तथा कार्यक्रम संयोजक आलोक पौडेलले जानकारी दिए ।
गाइडस्टार ट्रेनिंगको मुख्य प्रायोजनमा सम्पन्न भएको बालदिवस कार्यक्रमको सुरुवात बालबालिकाहरुको सांस्कृतिक प्रभातफेरीमार्फत भएको थियो । जसमा बालबालिकाहरुले विभिन्न नेपाली पोशाकहरुसहित प्रभातफेरीमा सहभागिता जनाएका थिए । कार्यक्रममा एलजे म्याजिसियनले देखाएको जादुलाई बालबालिकालाई निकै आकर्षण गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ब्रोडमिडोजबाट प्रतिनिधित्व गर्ने सांसद क्याथलिन म्याथ्यू वार्डले बाल दिवस कार्यक्रम आयोजना गरेकोमा न्याभलाई धन्यवाद दिदै यसप्रकारका कार्यक्रमले भिक्टोरियाको बहुसांस्कृतिक समुदायमा नयाँ संस्कृतिको विस्तारमा भूमिका पुर्याउने बताइन् ।
न्याभका अध्यक्ष उप्रेतीले यस बाल दिवस कार्यक्रमले भिक्टोरियामा हुर्कदै गरेका नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा, कला, संस्कृति, नृत्य सिकाउने तथा नेपालीहरुको एकतालाई प्रवर्धन गर्ने उद्धेश्यमा योगदान दिएको बताए ।
न्याभले २००५ देखि नियमित रुपमा यो कार्यक्रम गरिरहेको भन्दै आगामी दिनमा पनि नियमितता रहने बताए । त्यस्तै कार्यक्रम संयोजक आलोक पौडेलले बालबालिकाहरुवीच सामाजिक एकताको सन्देश दिन पनि यो कार्यक्रम सफल भएको बताए ।
यस्तै प्रमुख प्रायोजक गाइडस्टार ट्रेनिंगका सिइओ शबनम थापाले न्याभद्वारा आयोजित उक्त कार्यक्रमको सारथी बन्न पाएकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रममा सहयोग रहने बताइन् । उक्त अवसरमा भिक्टोरियन मल्टीकल्चरल सेन्टरका उपाध्यक्ष बोय थाए, मेरिबेक सोसलिस्ट एलायन्स काउन्सेलर सु बोल्टन, न्याभ पूर्व अध्यक्ष अनुपम पोखरेल, एनआरएनएबाट महादेव धानुक, न्याभद्वारा सञ्चालित सबै बालचौतारीका संयोजकहरु लगायतको विशेष उपस्थिती रहेको थियो ।
एपीबी पाट्नर्स, एक्सपर्ट एजुकेशन माइग्रेसन, ग्रेस इन्टरनेशनल, लेण्डाभाईजर्स, गुडविल फाईनान्स, म्याक्सी म्याक्स एजुकेशन एन्ड माइग्रेसन, नारायण पुरोहित सेवा, सुत्र सर्भिसेस लगायतले सहयोग गरेका थिए भने हस्पिटालिटी पार्टनरमा चिल्ली एभरेष्ट रहेको थियो ।
एपिंग मेमरोरियल हलमा सम्पन्न उक्त कार्यक्रम कार्यक्रम विहान १० बजेदेखि १ बजेसम्म चलेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक आलोक पौडेलले गरेका थिए भने बाँकी कार्यक्रम बालचौतारी नर्थका संयोजक प्रकाश रेग्मीले सञ्चालन गरेको थिए । यस्तै सहजीकरण क्रिष्टिना अनुले गरेकी थिइन् । सहभागि सबै बालबालिकाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
थप तस्वीरहरु