थ्रिकेजी स्पोर्टिङ क्लबले उचाल्यो दोस्रो एक्स्पर्ट कपको उपाधि

मेलवर्न । रोयल वेस्टर्न्स क्लबद्वारा आयोजित दोस्रो एक्स्पर्ट कप फुटबल प्रतियोगिताको उपाधि थ्रिकेजी स्पोर्टीङ क्लबले उचालेको छ ।

आइतबार मेलबर्नको किलोरपार्क सकर क्लबमा सम्पन्न भएको फाइनल खेलमा पेनाल्टी सुन आउनमा साविक बिजेता यती फुटबल क्लबलाई २–४ गोल अन्तरले पराजित गर्दै थ्रीकेजीले उपाधि हात पारेको हो ।

१६ समूहको सहभागिता रहेको उक्त प्रतियोगिताको च्याम्पियन हुँदै थ्रिकेजीले ११ हजार अष्ट्रेलियन डलर नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ भने रनर अपमा चित्त बुझाएको यती फुटबल क्लबले ४ हजार पाँच सय अष्ट्रेलियन डलर र प्रमाणपत्र प्राप्त गरेको छ ।

मेलवर्नमा नेपाली समुदायद्वारा आयोजित प्रतियोगितामा सबै भन्दा धेरै राशिको पुरस्कार रहेको यस प्रतियोगिता निकै रोमाञ्चित बन्न पुगेको थियो । जसमा एक्स्पर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजन रहेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदै थ्रीकेजी स्पोर्टिङ क्लबका सोनाम तामाङदे ५ सय नगद पुरस्कार प्राक्ष्त गरे । यस्तै यति फुटबलका एलन न्यौपानेले उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गर्दै नगद पुरस्कार ३ सय डलर प्राप्त गरे । बेष्ट डिफेन्डर थ्रीकेजी स्पोर्टिङ क्लबका मनबहादुर तामाङ, टप स्कोरर रोयल वेस्टर्न क्लबका आकाश मगर, बेष्ट मिडफिल्डर थ्रीकेजीका सुनिल श्रेष्ठ घोषित हुँदै जनही ३ सय डलरका दरले पुरस्कार प्राप्त गरेको क्लबका जनसम्पर्क अधिकृत उज्जवल अधिकारीले जानकारी दिए ।

यता बेटर च्वाइस भेट्रान कपको उपाधि भने यती फुटबल क्लबले जितेको छ। डिफेन्डिङ च्याम्पियन क्रेगिबर्न ब्रिगेड फुटबल क्लबलाई हराउँदै च्याम्पियन बनेको यतीले १५ अष्ट्रेलियन डलर, ट्रफी, मेडल प्राप्त गरेको छ भने रनरअप भएको क्रेगिबर्न ब्रिगेड फुटबल क्लबले एक हजार अष्ट्रेलियन डलर पाएको छ। यस्तै यती फुटबल क्लबका अरुण श्रेष्ठ म्यान अफ दि टुर्नामेन्ट घोषित भए।

रोयल वेष्टर्न क्लबका अध्यक्ष रोसन दाहालको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि ब्रिम्बेङ्क सिटी काउन्सिलका मेयर ब्रुस ल्यान्काशायर, एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिेसेज मेलबर्नका निर्देशक बसन्त पोखरेल, काठमाडौं प्रोपर्टिजका निर्देशक दिक्पाल देव पंगेनी र बेटर च्वाइस मोर्टगेज एण्ड फाइनान्सका निर्देशक सुरेन्द्र सेढाईको उपस्थिति रहेको थियो।

सुनिल भण्डारीद्वारा सञ्चालित उक्त उक्त कार्यक्रममा नेपाली कलाकार मानस राजले सांगीतिक प्रस्तुति दिएका थिए।

क्लबका अध्यक्ष दाहालले विजयी प्रतियोगि समूह र खेलाडीहरुलाई बधाई दिदै यस कार्यक्रमले नेपाली खेलाडीहरुलाई खेलकुद मात्र नभएर भावनात्मक एकतामा पनि टेवा पुगेको विश्वास लिए । यस्तै खेल संयोजक ससेन्द्र केसीले मेलवर्नमात्र नभएर अन्य राज्यहरुबाट भएको उल्लेखनिय सहभागिताले यहाँको खेल क्षेत्रमा नेपालीहरुको उपस्थिती बाक्लो हुँदै गएको सन्देश दिएको बताए । उनले प्रतियोगितालाई सम्पन्न गर्नका लागि सहयोग गर्ने प्रायोजक, स्वयंसेवक, भिक्टोरियामा रहेका नेपाली संघ–सस्था र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूप्रति आभार प्रकट गरेका छन्।

प्रतियोगिता शनिवारबाट शुरू भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय