सिड्नी । नेपाली हिन्दु समाज अस्ट्रेलियाले अष्ट्रेलियाका विभिन्न शहरहरुमा घटस्थापना र विजया दशमीको शुभ साईत सार्वजनिक गरेको छ । नेपाल पञ्चागं निर्णायक समितिसगंको सहकार्यमा समाजले अस्ट्रेलियाका विभिन्न सहरहरुका लागि छुट्टा छुट्टै साईत सार्वजनिक गरेको छ ।
समाजले सार्वजनिक गरेको विजया दशमीको साईत अनुसार सिड्नीमा अक्टोबर २४ तारिख बिहान ११ः४५ बजे, मलवर्नमा सोही मितिमा बिहान ११ः३५ बजे, ब्रिसबेनमा बिहान १०ः२५ बजे रहेको छ । त्यस्तै एडीलेटमा बिहान ११ः१७ बजे, क्यानबेरामा बिहान ११ः२१ बजे, तास्मानियामा बिहान ११ः२४ बजे, पर्थमा बिहान १०ः४२ बजे र डार्बीनमा बिहान ११ः३४ बजे विजया दशमीको शुभ साईत रहेको नेपाली हिन्दु समाज अस्ट्रेलियाका पण्डित ज्योतिष बालचन्द्र अधिकारीले जानकारी दिए ।
टिकाको मुख्य साईतको शुभारम्भ गरिसकेपछि मान्यजनबाट दिनभर नै वडादशैँको टिका ग्रहण गर्न सकिने समाजले जनाएको छ ।
तिथि मितिको आधारमा लक्ष्मी पुजा गर्दा औँसी तिथि नै चाहिने र अस्ट्रेलियामा औँसी तिथि बेलुकी १० बजेर ५९ मिनेट अर्थात मध्यरातबाट मात्रै सुरु हुने भएकाले अस्ट्रेलियामा २५ तारिख लक्ष्मी पुजा गर्नुपर्ने नेपाली हिन्दु समाज अस्ट्रेलियाका पण्डित ज्योतिष बालचन्द्र अधिकारीले जानकारी दिए । त्यस्तै ग्रहणका कारण पनि लक्ष्मीपुजाको साईत फरक फरक परेको उनको भनाई छ ।
यता मेलवर्नमा अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टरले जमरा वितरण कार्यक्रम राखेको छ । जमरा उमार्न सम्भव नभएका व्यक्तिहरुले टीकाको दिन १०० डन्कन्स लेन्स, डिगर्स रेष्टमा पुग्न सकिनेछ । यस्तै यही १५ अक्टोबरबाट महायज्ञ समेत चलिरहेको छ ।