ब्लू लोटस कलेजले मेलबर्नमा विस्तार गर्यो नयाँ क्याम्पस

मेलबर्न । अन्तराष्ट्रिय विद्यार्थीहरुमाझ लोकप्रिय ब्लु लोटस कलेजले शैक्षिक उत्कृष्टताको यात्रा जारी राख्दै नयाँ क्याम्पस विस्तार गरेको छ । हाल मेलवर्नको एलिजाबेथ स्ट्रिटमा रहेको क्याम्पसले थप संख्यामा विद्यार्थीहरु भर्ना गर्नेगरी १५८ स्वान्सटन स्ट्रीटमा नयाँ क्याम्पस विस्तार गरेको हो ।

शुक्रबार, नोभेम्बर १०, २०२३ मा एक उद्घाटन समारोह आयोजना गर्दै कलेजले क्याम्पस कर्मचारीहरू, शिक्षा एजेन्टहरू र अन्य अतिथिहरुको साथमा खुशीयाली मनाएको छ ।

उपस्थित सबैले अतिथिहरुले कलेजका निर्देशक तथा सिईओ राजेश आचार्यसहित सम्पूर्ण कलेज परिवारलाई बधाईसहित शुभकामना दिए ।

कार्यक्रममा सिईओ आचार्यले सम्पूर्ण कलेजसँग आवद्ध शिक्षक, विद्यार्थी, शैक्षिक एजेन्ट तथा समर्थक लगायतको सामूहिक प्रयासको कारण कलेज विस्तार गर्न सम्भव भएको भन्दै सबै सम्बद्धहरुप्रति आभार व्यक्त गर।

कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यमा कहिँकतैपनि सम्झौता नगर्ने भन्दै उनले आगामी दिनमा नयाँ कोर्स र नयाँ आयामहरु विस्तारमा सधै तत्पर रहने बताए । उनले विद्यार्थीहरु मात्र नभएर सबै स्टाफहरुको सन्तुष्टिमा उच्चतम ध्यान दिइने समेत प्रण गरे ।

ब्लु लोटस कलेजले हस्पिटालिटी, लिडरशिप, बिजनेस, एकाउन्टिङ, इलिकोस, हेल्थकेयर, आइटी लगायतका कोर्सहरु प्रदान गर्दै आइरहेको छ ।

क्याम्पसलाई दीर्घकालसम्म विकास गर्नको निम्ती निरन्तर सुधार गर्दै अघि बढ्ने प्रण लिएको कलेजबाट सयौं विद्यार्थीहरु ग्राजुएट भइसकेका छन् । केही समय अघि कलेजले पहिलो ग्राजुएसन उत्सव मनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय