न्याभ र क्यानवीच ऐतिहासिक समझदारीपत्रमा हस्ताक्षर

मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ) र नेपाल क्रिकेट संघ क्यानबीच ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

न्याभ अध्यक्ष प्रेमराज उप्रेती र क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालस्थित अष्ट्रेलियाली राजदूतावासमा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटि भोल्कको उपस्थितिमा एमओयू (समझदारी पत्र)मा हस्ताक्षर गरेका हुन् ।

न्याभले २००४ देखि नियमित रुपमा हरेक बर्ष न्याभ कप आयोजना गर्दै आइरहेको छ । एक दर्जन भन्दा बढी समूहहरु सहभागि हुने प्रतिष्ठित न्याभ क्रिकेट कपमा राष्ट्रिय क्रिकेटका खेलाडी र अधिकारीहरूको नियमित रूपमा सम्मान गर्ने, क्यानको लागि कोष सङ्कलन गर्ने र नेपाल विश्वकप २०२४ मा छनोट भइसकेपछि क्रिकेटरहरूलाई अस्ट्रेलियाली क्रिकेटसँग परिचित गराउने गरी क्यानलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित समझदारी पत्रमा हस्ताक्षर गरिएको न्याभ अध्यक्ष प्रेम राज उप्रेतीले कनेक्ट नेपालीलाई जानकारी दिए ।

उक्त कार्यक्रममा नेपालको लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले यस ऐतिहासिक न्याभ कपको सफलताको कामना गर्दै र क्यानलाई अस्ट्रेलियाली क्रिकेट बोर्डसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाइन् ।

उक्त अवसरमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान, नेपाल क्रिकेट संघका सचिव तथा वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का, पदमबहादुर खड्का कोषाध्यक्ष, क्यान सदस्य सुदीप शर्मा, म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत शंकर धरेल, न्याभ सचिव आलोक पौडेल, कान्तिपुर दैनिक खेल विभाग प्रभुम विनोद पाण्डे र डिल्लीराज भट्ट सहभागि रहेका थिए ।

कार्यक्रमको सञ्चालक अष्ट्रेलियाली राजदूतावासका कार्यक्रम तथा अनुसन्धान अधिकृत कृष्ण कार्कीले गरेका थिए ।

न्याभले आगामी जनवरीबाट न्याभ कप आयोजना गर्ने तयारी गरिरहेको छ । उक्त प्रतियोगितालाई विशेष बनाउने उद्धेश्यको लागि अघि बढीरहेको भन्दै न्याभ अध्यक्ष उप्रेती यतिबेला नेपालमा क्रिकेटसम्बद्ध व्यक्तिहरुसँग भेटघाट बढाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय